स्व० डीबी भण्डारी स्मारक कपको फाइनल खेल सम्पन्न

Gram Sudhar Samity Rungbee Division
ग्राम सुधार समिति रङबी विभागद्वारा समपन्न भइरहेको स्व० डीबी भण्डारी स्मारक अन्तर समाज लात्तेभकुण्डो प्रतियोगिताको अन्तिम खेल कपिसडाँडा समाज बनाम ग्राम सुधार समिति माझ समपन्न भयो | एमबी रसाइली लाब्दा विभाग गयाङमेनको सभापतित्वमा समपन्न खेल कार्यक्रममा ज्येष्ठ नागरिक ४० वर्ष माथिको खेलाडीवर्गलाई लिएर मनोरन्जनात्मक खेल पनि सम्पन्न गरियो भने एनजीओ रङबी विभागले उपहार पनि प्रदान गरे | जयपति राईले संचालन गरेको कार्यक्रममा ज्ञानपीठ उच्चतर माध्यमिक विधालय अनि हिल एन्जल्स एकाडेमीका नानीहरुले रंगारंगी कार्यक्रम प्रस्तुत गरे | निर्धारित समयभित्र पनि खेलको निर्णय हुननसक्दा अन्तमा पेनाल्टी सुटआउटमा कापिस डाँडा समाजले ग्राम सुधार समाज विरुद्ध विजय हासिल गरे | यसरी विजयी दललाई प्रमुख अतिथि एडवर्ड लेप्चाको बहुलीबाट नगद राशी सहित विजयी ट्रफी प्रदान गरियो भने रङबी विभागीय ग्याङमेन मदन राई, ज्ञानपीठ विधालय प्रधान अध्यापक बीके गुरुङको बहुलीबाट उप विजेता दललाई नगद राशी अनि ट्रफी प्रदान गरियो | यसै कार्यक्रम बीच विन्टर कोचिङ क्याम्पमा सहायता प्रदान गरे वापद प्रिय राईलाई पनि सम्बर्धना जनाइएको थियो ||

ग्राम सुधार समिति रङबी विभागद्वारा समपन्न भइरहेको स्व० डीबी भण्डारी स्मारक अन्तर समाज लात्तेभकुण्डो प्रतियोगिताको अन्तिम खेल कपिसडाँडा समाज बनाम ग्राम सुधार समिति माझ समपन्न भयो |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.