एकपल्ट जापलाई मौका दिएर हेरोस्, पछताउन परेछ भने कान काटेर फ्याँक्छु – डा हर्क बहादुर छेत्री

JAP seek chance for Gorkhaland said Harka Bahadur chhetri
मङपु, १४ अक्टोबर, राजेश थापा:  एक समय गोजमुमोमा हुँदा इन्द्रेको बाउ चन्द्रे आए पनि गोर्खाल्याण्ड हुँदैन भन्ने जन आन्दोलन पार्टी अध्यक्ष डा० हर्क बहादुर छेत्रीले पुन: पहाडको समस्त जनताले गोर्खाल्याण्डको निम्ति एकपल्ट जन आन्दोलन पार्टीलाई मौका दिएर हेरोस जनताले पछताउन परेछ भने कान काटेर फ्याँकी दिन्छु भनेका छन् | तिनले आज मङपुमा आयोजित जापको पथ सभालाई सम्बोधन गर्दै यसो भनेका हुन् | आज गोर्खाल्याण्डको माग उठाउने कुनै गोर्खा पार्टी छैन, गोरामुमो छैटौं अनुसुचिको पछाडी छन्, गोजमुमो एक नम्बर भन्नेहरु ११ जनजातिको पछि छन्, बिनय पन्थीहरु विकाशको कुरामा छन्, हामी मात्रै गोर्खाल्याण्ड भन्ने ग्रुप हो | हामी २०१६ देखि दिल्लीमा गएर गोर्खाल्याण्डको निम्ति काम गरिरहेका छौँ | बुझाउन जान्यो भने बुझ्दो रैछ त, ठिक समयमा आवाज उठाउन सक्यो भने हुँदो रैछ हरेक कुरा | कालेबुंगलाई जिल्ला बनाउनपर्छ भन्दा कसैले पनि पत्याउदैन थियो | बनाएर देखाई दियौं त | बिमल गुरुङलाई पनि बीजेपीले २०१९ को चुनावको निम्ति मात्र जनजातिको कुरा गर्दै खेलाउंदैछ, जस्तो चुनाव सकिन्छ दुध बाट झिंगा निकालेको जस्तो निकाल्छ | तर जनजाति कहिले पनि राजनैतिक पार्टीले मागेर हुने कुरा होइन | हर्क बहादुरले पहिले पनि एकपल्टमा गोर्खाल्याण्ड हुँदैन भनेको हो अहिले पनि त्यही भन्छ | मैले एक पल्टमा गोर्खाल्याण्ड ल्यायो भने टीस्टाको पुलबाट हाम फाल्छु पनि भनेको थिए, ल्याएर देखाऊ एकपल्टमा, हाम पनि फाल्छु | हरेक कुरालाई ठिक समय र ठिक ठाउँमा उठाउन सके असम्भव छैन, कालेबुंग जिल्ला हुनलाई भुटानलाई सोध्नपर्छ भन्थे तर ठिक समयमा ठिक कुरा उठाउँदा जिल्ला गठन भएको हो भन्दै डा० छेत्रीले आगमी २०१९ को चुनावमा जन आन्दोलन पार्टीलाई एक मौका दिने अपिल गरेका छन् | छेत्रीले पटक पटक बिमल भाईको माया लाग्छ, बिमल त ब्ल्याक बोर्ड जस्तो हो पहिले हामीले राम्रो कुरा सिकाई राख्थ्यौं तर तिनको पुछारेहरुले फेरि उल्टै कुरा सिकाइ हाल्थ्यो भन्दै गुरुङ माथि अस्पष्ट सहानुभूति पनि देखाए |

सभालाई सम्बोधन गर्दै जाप ब्युरो सदस्य अमर लामाले मङपुमा हुने सभामा स्थानीय मोर्चा नेताहरुले जापको सभामा नजाउ, तिमीहरुको गाउँको बाटो बनिन्दैन भन्दै रोकेको बताउँदै मोर्चा २ का अध्यक्ष स्वय बिनय तामांग दिल्लीमा पार्टीको स्थापना दिवस मनाउन नपाउँदा दिल्लीमा गणतन्त्र नभएको बताएका थिए भने तर आज तिनकै अनुयायीहरुले चै हर्क बहादुरको भाषण सुन्न नदिनु कस्तो गणतन्त्र हो भन्दै मोर्चामाथि बर्सिनु बर्से | तिनले चेतावनी दिँदै जुन पार्टीले अरुको भाषण सुन्न दिदैंन त्यो पार्टीको पतन चाडो हुन्छ भने | यसरी नहुँदो काम गर्नु भन्दा सिन्कोनामा बन्द रहेको बद्ली काम र पदोन्नतिको विषयमा आवाज उठाउने मोर्चाका स्थानीय नेताहरुलाई सुझाव पनि दिएका छन् | लामाले चिया बगानको बोनसको कुरा झिक्दै मालिक पक्षसंग वार्तामा बस्दा मोर्चा युनियनका नेताले नै हतार हतार हामी १५ % मा नै राजी छौँ भनेको खुलासा गरेका छन् भने यो घटना बुझ्दा मोर्चा पहिलेबाटै मिलिभगतमा काम गरेको आरोप पनि लगाएका छन् |
 
सभामा जाप युवा एकाई केन्द्रीय समितिका प्रशान्त राई, महासचिव भुपेन्द्र राई, पार्टी ब्युरो सदस्य युसुफ सिमिक, चेली एकाइ प्रमुख प्रतिभा कुमाई, पार्टी महासचिव नयन प्रकाश प्रधान आदिले पनि सम्बोधन गरेका थिए भने सबैले गोर्खाल्याण्डको निम्ति जापलाई एक पल्ट मौका दिने अपिल गरेका थिए | यसको साथै युएपीए धारा बिमल गुरुङलाई मात्र होइन, बिनय अनित सबैलाई लागेको हो र बिमल माथि अन्याय भएको छ, हाम्रो सिधान्त केही नमिले पनि बिमल गुरुङ पनि गोर्खा नै हो र गोर्खामाथि अनयाय भएको हामी सहदैनौ भन्दै जापलाई मौका दिए बिमल पनि बाँच्ने कुराहरु बताए |
जापको समर्थकहरु नभएको मङपुमा यो पार्टीको पहिलो सभा हो जुन सभालाई युवा एकाई प्रवक्ता नरेश कुमार राईले संचालन गरेका थिए भने जगत राईले स्वागत सम्भाषण राखेका थिए | सभामा जाप पार्टीका ब्युरो सदस्य नोर्देन पेम्बा हिस्से, नवराज गुरुङ आदि पनि बिशेष रुपले उपस्थित रहेका थिए भने मङपुबाट जाप समर्थकहरु मुख्य रुपले सुकबीर लेप्चा, अनुप छेत्री र प्रभाकर लेप्चा रहेको जानकारी प्राप्त भएको छ ||

एकसमय गोजमुमोमा हुँदा इन्द्रेको बाउ चन्द्रे आए पनि गोर्खाल्याण्ड हुँदैन भन्ने जन आन्दोलन पार्टी अध्यक्ष डा० हर्क बहादुर छेत्रीले पुन: पहाडको समस्त जनताले एकपल्ट जन आन्दोलन पार्टीलाई मौका दिएर हेरोस जनताले पछताउन परेछ भने कान काटेर फ्याँकी दिन्छु भनेका छन् | तिनले आज मङपुमा आयोजित जापको पथ सभालाई सम्बोधन गर्दै यसो भनेका हुन् |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.