रम्बी स्वास्थ्य केन्द्रलाई एनएचपीसीले दियो बोलेरो एम्बुलेन्स

NHPC presents Ambulance to Rambi BHPC
टिस्टा जल विध्युत परियोजना चरण तीन एनएचपीसीका आईसी एसके अग्रवालको बाहुलीबाट रम्बी स्वास्थ्य केन्द्र (बीपीएचसी)लाई एक बोलेरो एम्बुलेन्स  प्रदान गरियो | एनएचपीसी चरण तीन कार्यालयमा एक कार्यक्रमको आयोजन गरि आईसी अग्रवालको बाहुलीबाट एसीएमओएच कालेबुङ एसबी कुन्दुलाई उक्त्त बोलेरो एम्बुलेन्सको चाबी हस्तान्तरण गरियो | कार्यक्रमलाई सम्बोधन गर्दै  आईसी एसके अग्रवालले  एनएचपीसीले यस वरिपरि क्षेत्रका बासिन्दाहरुलाई  बिरामी हुदा धेरै असुविधा रहेको कारण अनि एनएच १०मा प्राय: जसो दुर्घटना हुने भएकोले नै नजिकैको स्वास्थ्य केन्द्र रम्बी बीपीएचसीलाई उक्त बोलेरो एनएचपीसीको पक्षबाट प्रदान गरिएको र यस एम्बुलेन्सले सम्पूर्ण जनतालाई फाइदा हुने कुरो जनाए | स्मरण रहोस एनएचपीसीले यसभन्दा अघि पनि रम्बी बजार,मङपु, तक्दा टिस्टाभेल्ली, २९ माईल,सुरुक समथार लगायत वरिपरि क्षेत्रहरुमा थुप्रै बिकाशमुलक कार्यहरु जस्तै सार्वजनिक भवन,स्कुल भवन आदि  निर्माण गर्दै आईरहेका छन् |राज्य सरकारको अनुमति लिएर दिर्घकालिन समय देखि रम्बी बीपीएचसीले एक एम्बुलेन्सको मांग एनएचपीसी तर्फबाट गरिएको थियो भने सो मांग आज आएर पुरा भएको छ र रम्बी बीपीएचसीको पक्षबाट    बीएमओएच सीके छेत्रीले अस्पताललाई बोलेरो एम्बुलेन्स  प्रदान गरेकोमा एनएचपीसी चरण तीनका अधिकारीवर्गलाई आभार व्यक्त गरेका छन् | आजको समरोहमा रम्बी  बजारका समाज सेवी व्यक्तित्व जोन लेप्चा,मनभरण सिङ अनि गोपाल प्रदान लगायत रोङचोङ ग्राम पंचायत  सेल्फ हेल्प ग्रुप नारी एक्काईबाट अनुज्योती आले,एलिजाबेद गुरुङ लगायत अ अन्य  कार्यकर्ता उपस्थित थिए ||

टिस्टा जल विध्युत परियोजना चरण तीन एनएचपीसीका आईसी एसके अग्रवालको बाहुलीबाट रम्बी स्वास्थ्य केन्द्र (बीपीएचसी)लाई एक बोलेरो एम्बुलेन्स प्रदान गरियो | एनएचपीसी चरण तीन कार्यालयमा एक

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.