पार्किंङ सम्बन्धि सभा, ठुलो गाडी प्रवेश निषेधको समय तोकिने

Parking problem in Mungpoo
रेसेप बजार समाज कल्याण समितिले गत २५ अक्टोबरको दिन गान्धी प्राथमिक पाठशाला प्रांगनमा वाहन व्यवस्थित पार्किंग सम्बन्धि आउट पोस्ट प्रभारी पासाङ तामांग अनि सहयोगीवर्गलाई लिएर औपचारिक सभा भुपेन्द्र राईको सभापतित्वमा सम्पन्न गर्यो | सम्बोधनमा सचिव मिका देवानले विगतदेखि बर्तमानसम्म संस्था मार्फत विभिन्न सामाजिक कार्य सक्रियता बारे प्रकास पारे भने सहकोषाध्यक्ष बजेन शेर्पाले उपस्थितवर्गलाई स्वागत जनाउदै रेसेप बजारभित्र दिन प्रतिदिन वाहनको वृद्धिले जाम लाग्ने गरेको अनि व्यवस्थित पार्किङ सुविधाको निम्ति प्रशासन समक्ष निवेदन राखे | यसै क्रममा मङपु आउट पोस्ट प्रभारी पासाङ तामांगले मङपुको प्रशंसा गर्दै मङपुमा ट्राफिक व्यवस्थाको असुविधालाई आगमी दिपावली अघिनै रेसेप बजारभित्र खुल्ला जगा हेरेर चार चक्के वाहन अनि दुई चक्केको निम्ति अलग अलग व्यवस्था मिलाउने अनि बिहान ८ बजेदेखि १० बजेसम्म अनि अपरान्ह २ बजेदेखि ४ बजेसम्म ठुला वाहनहरुको मङपु भित्र प्रवेश निषेध गरिने आफ्नो प्रशासनिक निर्णय सुनाएको जानकारी एक विज्ञप्ति मार्फत समितिका प्रचार प्रसार सचिव कपिल लोहारले दिएका छन् ||

रेसेप बजार समाज कल्याण समितिले गत २५ अक्टोबरको दिन गान्धी प्राथमिक पाठशाला प्रांगनमा वाहन व्यवस्थित पार्किंग सम्बन्धि आउट पोस्ट प्रभारी पासाङ तामांग अनि सहयोगीवर्गलाई लिएर औपचारिक सभा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.