२२ अनि २३ दिसम्बर मङपुमा हुने भयो पाँचौं गुरुङ अधिवेशन

Gurung Cultural and Traditional dress
गत आइतबार अखिल भारतीय गुरुङ(तमु) बौद्ध संगठनको एउटा महत्वपूर्ण सभा सन्तोष गुरुङको अध्यक्षतामा साथै राज्य समिति अनि महकुमा समितिको अगुवाईमा सम्पन्न भयो | सभामा बिशेष रुपले आगमी दिसम्बर २२ अनि २३ मा हुन गइरहेको गुरुङ अधिवेशन यसै मङपु जन मैदानमा हुने निश्चय भएको छ | आयोजक समिति सचिव आशिष गुरुङले यस अधिवेशनमा हुने खर्च साथै गुरुङ रिति रिवाज, सांस्कृतिक बाजाहरुको विषयमा जानकारी गराए | राज्य समितिद्वारा यस वर्षको पाँचौं गुरुङ अधिवेशनमा हुने मुख्य आकर्षक विषयमाथि व्यापक चर्चा गरियो | बिशेष रुपले अधिवेशनमा गुरुङ रिति रिवाज साथै संस्कृतिलाई मात्र प्राथमिकता दिनपर्ने प्रस्तावहरु देखा पर्यो |  अधिवेशनमा मुख्य आकर्षकको रुपमा एक सय वर्षमाथिका बुडा बुडीहरुलाई सम्बर्धना जनाइने भएको छ भने २०१७ र २०१८को सेसनमा अब्बल दर्जा कुनै पनि विषयमा राज्य स्तरीय परिक्षामा उतीर्ण हुने विधार्थीलाई पनि सम्बर्धना जनाइने भएको छ | यसरी नै खेल जगतमा राष्ट्रीय, अन्तराष्ट्रीय कुनै पनि खेल खेलिसकेका खेलाडीवर्गलाई पनि सम्बर्धना जनाइने छ | अधिवेशनको सांस्कृतिक विभागमा दुई जना संयोजिका नितु गुरुङ अनि संगीता गुरुङलाई चयन गरियो जसलाई सम्पूर्ण गुरुङ सांस्कृतिक टोलीले सम्पर्क गर्नुपर्नेछ | सभामा डुवर्स, दार्जीलिंग, सिलिगुडी, खरसाङ, कालेबुंग, घलेटार आदिका गुरुङ प्रतिनिधिहरु उपस्थित रहेका थिए | यसै सभाबाट आउँदो गुरुङ अधिवेशनको निम्ति आयोजक समिति चयन गरिएको छ जसमा सभापति सन्तोस गुरुङ, सचिव आशिष गुरुङ, कोषाध्यक्ष सुमन गुरुङ आदि रहेका छन् | सभा सभापतिले आफ्नो सम्बोधनमा यस पाँचौं गुरुङ अधिवेशनआ सम्पूर्ण गुरुङहरु उपस्थित भइदिने पनि अपिल गरेका छन् | सभालाई मङपु शाखा सचिव अकल गुरुङले संचालन गरेका थिए ||

गत आइतबार अखिल भारतीय गुरुङ(तमु) बौद्ध संगठनको एउटा महत्वपूर्ण सभा सन्तोष गुरुङको अध्यक्षतामा साथै राज्य समिति अनि महकुमा समितिको अगुवाईमा सम्पन्न भयो | सभामा बिशेष रुपले आगमी दिसम्बर २२ अनि २३ मा हुन गइरहेको गुरुङ अधिवेशन यसै मङपु जन मैदानमा हुने निश्चय भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.