मङपु सिटोङको यातायात जोखिम बन्दैछ

Road condition in Labdah Division to Jogighat
मङपुको नालीडाँडादेखि जोगीघाट, सिटोङ हुँदै खरसाङ शहर पुग्ने सडक लाब्दा विभागको ग्राम सेवक प्राथमिक पाठशाला माथि खाल्डो परेर यातायात गर्न नै मुस्किल हुँदै गइरहेको छ | सडकको प्राय: १२ – १५ फूट जति भाग जीर्ण अवस्थामा रहेको कारण एकाधिक खाल्डोहरु बनेको छ जसले गर्दा वहान चालकहरुलाई वहान गुडाउन खुबै मुस्किल परिरहेको देखिएको छ | यस सडक भएर हाल प्रसिद्ध पर्यटन स्थल जोगीघाट पुग्ने  साथै सिटोङको आहाल डाँडा, नामथिङ जस्ता पर्यटन स्थलहरु पुग्ने अनि सिटोङ भेकका होमस्टे साथै विभिन्न लजहरु पुग्नलाई पनि दिनोदीन पर्यटकहरु यसै सडक भएर जाने हुनाले स्थानीय लगायत बाहिरबाट आउने पर्यटकहरुले पनि यो समस्या झेल्न परिरहेको छ | यसै सडक भएर सिटोङ, लाठपन्चर अनि खरसाङ शहर पुग्ने हुनाले जनसाधारणमा असुविधा भइरहेको छ | यति मात्र नभएर यहाँका स्थानीय ट्याक्सी भ्यानहरु जो नालीडाँडादेखि लाब्दा विभाग अनि जोगीघाटसम्म खेप्ने गर्छन् उनीहरुले पनि सडकको दुरावस्थाको कारण असुविधा झेल्न परिरहेको छ | सडक उकालो भागमा खाल्डो परेकोले वहानहरुले यस स्थानमा आएपछि यात्रीहरुलाई झारेर रित्तो गुडाउन पर्ने स्थिति छ भने फेरि केही माथि पुगेर शिव मन्दिर नजिक पनि यसरी नै रित्तो वहान गुडाउन पर्ने स्थिति छ | सडकको यस्तो अवस्था धेरै अघिदेखि रहेको कारण केही महिना अघिमात्र स्थानीय समाजले आफ्नै खर्चमा सिमेन्ट, बालुवाले मर्मति गरेपनि दैनिक सयौं वहान गुड्ने सडकमा मर्मति धेर दिन टिक्न सकेन | स्मरण रहोस, केही महिना अघिमात्र लाब्दा विभागभित्र पर्ने जीर्ण सडकको मर्मति कार्य शिव मन्दिरसम्म मात्र रहेकोले सो पुरा भएको छ भने यही स्थानदेखि केही मुन्तिर मात्र पर्ने असुविधादेखि जनसाधारण अछुत रहन सकेको छैन | दैनिक सयौं साधारण यात्रीदेखि लिएर विधार्थी, दुधवाला,बिमारी, सरकारी कामदार आदिले भोग्न परिरहेको यस्तो असुविधालाई सम्बन्धित विभागले चाडो गरि समाधान गर्नपर्ने अत्यावश्यक विषय देखिएको छ ||     

मङपुको नालीडाँडादेखि जोगीघाट, सिटोङ हुँदै खरसाङ शहर पुग्ने सडक लाब्दा विभागको ग्राम सेवक प्राथमिक पाठशाला माथि खाल्डो परेर यातायात गर्न नै मुस्किल हुँदै गइरहेको छ | सडकको प्राय: १२ – १५ फूट जति भाग

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.