बिर्तामोडलाई धुलो चटाउँदै अमुक्तपरिवार खेल्नेछ युनाइटेड सिक्किमसित फाइनल


मङपु युथ क्लबको आयोजनामा सम्पन्न भइरहेको गोल्ड कप टुर्नामेन्टको आज दोश्रो सेमी फाइनल अमुक्त परिवार सिलिगुडी बनाम बिर्तामोड एफसी माझ सम्पन्न भयो | खुबै रोचकताको साथ सम्पन्न भएको खेलमा शुरु भएको ३ मिनट नबित्दै अमुक्त परिवारको जर्सी नम्बर १४ रेह्मनले बिर्तामोड एफसीलाई एक गोल दागेपछि खेल झनै घमासान बनेर गयो | बिर्तामोड एफसीको लाखन कोशिशलाई नकाम पार्दै पुन: ४९ मिनटमा रेह्मनकै दोश्रो गोलले नेपाल टीमलाई हरेस खुवायो भने यसको लगत्तैपछि ५९ मिनटमा अमुक्त परिवारको २३ नम्बर जर्सीधारी रेहान्दमको तेश्रो गोल छिरेपछि बिर्तामोड एफसी प्राय: पराजय स्वीकार्न पर्ने स्थिति बनिसकेको थियो | तर स्थितिलाई केहि चकित पार्दै बिर्तामोड एफसीको पक्षबाट जर्सी नम्बर ११ गणेशले एक गोल छिराएपछि केही आशा देखा पर्यो भने ७१  मिनमा फेरि बिर्तामोडकै खेलाडी बिमान राईको अर्को गोलले केही हौसला दिएको थियो | अभाग्यवश: बिर्तामोडले पाएको पेनाल्टी सुट आउट चुकाउँदा खेलमा हारेको मान्न पर्ने भयो | यसरी दोश्रो सेमी फाइनलमा बिर्तामोड एफसीलाई पराजय गर्दै अमुक्तपरिवार आगमी १२ नोभेम्बरको दिन युनाइटेड सिक्किमसित फाइनल खेल्नेभएको छ | आजको खेलमा म्यान अफ द म्याचको ट्रफी अमुक्त परिवारका खेलाडी रेह्मन राईलाई मुख्य अतिथि समल कार्कीको बाहुलीबाट प्रदान गरियो |

मङपु युथ क्लबको आयोजनामा सम्पन्न भइरहेको गोल्ड कप टुर्नामेन्टको आज दोश्रो सेमी फाइनल अमुक्त परिवार सिलिगुडी बनाम बिर्तामोड एफसी माझ सम्पन्न भयो | खुबै रोचकताको साथ सम्पन्न भएको खेलमा

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.