बिमल पन्थी युवा मोर्चाको दिल्लीमा शक्ति प्रदर्शन ममता ब्यनार्जी विरुद्ध हुनपर्छ - बिमल पन्थी विधार्थी मोर्चा

Anmol Thapa Student Morcha
बिनय पन्थी युवा मोर्चा उपाध्यक्ष उपकार नेचाली राईले दिल्लीमा शक्ति प्रदर्शनको तयारी गरिरहेको अनि २२,५०० जना कार्यकर्ता दिल्ली ल्याइने भनेको कुरालाई हामी आन्तरिक हृदयबाट स्वागत गर्दछौं| शक्ति प्रदर्शन भन्ने कुरा पश्चिम बङ्गालको ममता ब्यानर्जी सरकारले पहाडमा गोर्खाहरूको हक, अधिकार, संस्कृति, भूगोल अनि राजनैतिक इतिहास कुल्चिएको, खोसिएको विरुद्धमा भएको हुनुपर्छ| ममता ब्यानर्जीको कुर्सी गोर्खाल्याण्ड पन्थी शहीदको रगतले रंगीएको विरोधमा शक्ति प्रदर्शन गरिएको हुनुपर्छ| यसको साथै केन्द्रलाई गोर्खा शक्ति देखाएर गोर्खाल्याण्ड मागिएको हुनुपर्नेछ| त्यसो गरे नेचालीले पहाडबाट ल्याउँछौं भनेको २२,५०० कार्यकर्ता त के ५०,००० कार्यकर्ता आए पनि हामी चिया-पानी, खाजा सबैको बन्दोबस्त गरिदिनेछौं| तर, ममता ब्यानर्जीको पैसामा बिनय तामांगको गोर्खा जाति विरोधी षडयन्त्र बोकेर दिल्लीमा ५०,००० नै मान्छे किन नपसोस, हामी सुर्ताउँदैनौं| हामी गोर्खा जातिको भाग्यसँग खेल्ने अधिकार कसैलाई दिदैनौं| भर्खरै दिल्ली हल्लाउँछु भनेर आएको बिनय तामांग भिजेको मुसा जस्तो भएर कमराभित्रबाट बाहिर निस्कनै नसकेको कसैले बिर्सेको छैन होला, त्यो त केवल ट्रेलर थियो| पुरै फिल्म हेर्न मन लागे ममताको पाल्तु भएर आउँदा हुन्छ, पाल्तुलाई कस्तो स्वागत गरिनुपर्छ भन्ने हामीलाई थाहा छ|

बिनय तामांग जीटीएको सत्तामा बसेको केवल एक बर्ष मात्र पुग्दा उसको युवा मोर्चाले २२,५०० कार्यकर्ता पहाडबाट दिल्ली ल्याउँछु भन्छ| एनजेपीदेखि दिल्लीको रेलको जेनेरल डिब्बामा न्युनतम भाडा रू० ६०० को दरले २२५०० जनाको आवत-जावत जोडेर रू० २ करोड़ ७० लाख हुन्छ| एकजनाले एनजेपीदेखि दिल्ली पुग्दा रेलमा घटिया स्तरको खाना खायो भनेपनि रू० २५० को दरले आवत-जावत गरेर जम्मा रू० १ करोड़ १२ लाख ५० हजारको खान्छ| दिल्ली पुगेर मिलेर डोर्मिटोरीमा सुतेर पनि त्यहाँ खानु, बस्नु अनि प्रदर्शन स्थलसम्म पुग्नु गरेर एकजना माथि न्युनतम खर्च रू २५० प्रतिदिन नै आयो भने पनि जम्मा रू० ५६ लाख २५ हजार दिल्लीमा एकदिनको लाग्छ| पहाडबाट सिलगडीको एनजेपीसम्म पुग्नुपर्ने खर्च अनि अन्य विविध खर्चलाई त हामीले जोडेकै छैनौं| यसको अर्थ केवल एकदिनको खर्च लगायत यात्रा जोड्दा जम्मा रू० ४ करोड़ ३८ लाख ७५ हजार खर्च हुने रहेछ| जन्मेको १ वर्षमा युवा मोर्चाकोमा यत्रो पैसा कहाँबाट आयो? पहाडमा विकास भन्दै के बिनय टीमले आफ्नो विकास गर्दैछ? कि दिल्ली गएर जातिको स्वाभिमानको धूलो उडा भनेर ममता ब्यानर्जीले खर्च दिँदैछ? पहाडबाट दिल्ली आउन अघि यसको जायज जवाव पनि तयार गरेर आउनु|
जहिल्यै विमल गुरुङपन्थीलाई गोर्खाल्याण्ड मुद्दामा समर्पित छैन भनेर आरोप लगाउने बिनयपन्थीको गोर्खाल्याण्ड समर्पण हेर्ने छौं हामी दिल्लीमा| हाम्रो मनभित्र भएको गोर्खाल्याण्डप्रतिको­ समर्पणको भावलाई यदि कसैले खेलाँची गर्छ भने त्यस्ता मिरजाफरको जवाब दिनेछौं|
हामी सम्पूर्ण पहाडलाई ममताको कठपुतलीहरूको षडयन्त्रको विरोधमा सतर्क रहने अपील गर्दछौं| हामीले केवल अघाडी आएको भाग मात्रै हेरेर लालच गरे हाम्रो पछाडि उभिएको दैत्यले हामीलाई खानेछ| हाम्रो आउने भावी-पिडीलाई आफ्नै माटोमा विरानो बनाउने ठूलो खेलको शिकार हुनुबाट जोगिनु अनि जोगाउनु प्रत्येक गोर्खाको कर्तव्य हो|

अनमोल थापा
सहायक महासचिव (एसिस्टेन्ट जेनेरल सेक्रेटरी)
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा

बिनय पन्थी युवा मोर्चा उपाध्यक्ष उपकार नेचाली राईले दिल्लीमा शक्ति प्रदर्शनको तयारी गरिरहेको अनि २२,५०० जना कार्यकर्ता दिल्ली ल्याइने भनेको कुरालाई हामी आन्तरिक हृदयबाट स्वागत गर्दछौं| शक्ति

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.