भब्यताको साथ सम्पन्न हुनेछ मङपु वार्षिक खेलकूद कार्यक्रम

Mungpoo annual dewali sports meet
विगत वर्षहरुमा झैं यस वर्ष पनि मङपु जन मैदानमा भब्य रुपमा वार्षिक दिपावली खेलकुद सम्पन्न हुने जानकारी प्राप्त भएको छ | जसरी कालेबुङबासीको निम्ति स्वतन्त्रता दिवस एउटा महत्वपूर्ण पर्व हो भने मङपु सिन्कोना बगानबासीको निम्ति दुई दिवसीय वार्षिक दिपावली खेलकुद एउटा महत्वपूर्ण पर्व नै बनेर आएको छ | विगत अंग्रेजको शासनकालमा सिन्कोना मजदुर कर्मचारीहरु वर्षौं दिन बगानमा मेहनत गरेर पसिना बगाउने हुनाले वर्षमा एक दिन रमाइलो गरोस भन्ने ध्येयमा मजदुर कर्मचारीहरु बिचनै तमासाको नामले विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु गरेर एक दिन रमाइलो गर्थे भने यसै पर्वमा अंग्रेजहरुले अग्लो डाँडाबाट पैसा छरिदिएर मजदुरहरुलाई हारलुछ गर्दै टिप्न लगाउने खेल खेलाउँथे | यही कार्यकमलाई सुधार गर्दै बर्तमान वार्षिक दिपावली खेलकुदको नामले प्रचलित छ | गत वर्ष पहाडभरि गोर्खाल्याण्डको आन्दोलनले उक्त कार्यक्रम आयोजन गर्न नसकेपनि यस वर्ष भने खुबै भव्यताको साथ सम्पन्न गर्ने आयोजक समिति मङपु खेलकुद संघका सचिव राम पोख्रेलले जनाएको छ | पहिलो दिनको कार्यक्रम बिशेष गरेर क्षेत्रका अन्तर विधालयमाझ विभिन्न खेलकुद साथै रंगारंगी कार्यक्रम सम्पन्न गरिनेछ भने दोश्रो दिनको कार्यकम अन्तर विभाग खेलकुद, नृत्य प्रदर्शनी आदि कार्यकम सम्पन्न हुनेछ | कार्यक्रममा खेलकुद संगै विविध कार्यक्रम अनि कालेबुङका एसयुएमआई विधालयको ब्याण्ड डिस्प्ले, गायिका माया प्रदानको गीत प्रस्तुतिहरु पनि समावेश गरिनेछ | पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए अध्यक्ष बिनय तामांग, सम्मानीय अथितिको रुपमा जीटीए उपाध्यक्ष्य अनित थापा साथै विशिष्ट अतिथिको रुपमा सिन्कोना निर्देशक डा० सामुयल राई उपस्थित रहने भएको छ | यसरी नै दोश्रो दिनको कार्यक्रममा एनएचपीसी मुख्य अभियन्त एसके अग्रवाल प्रमुख अतिथिको रुपमा उपस्थित रहनेछ | सिन्कोना व्यवस्थापक गोपाल लामिछाने सभापति रहेको आयोजक समिति मङपु खेलकुद संघले दुवै दिनको कार्यक्रममा मङपुबासी लगायत वरपरका क्षेत्रबासीलाई हार्दिक स्वागत गरेको छ |
सन्दर्भमा मङपु जन मैदानमा आज पर्यान्त सम्पन्न हुँदै आइरहेको यस खेलकुद कार्यक्रम केवल मनोरन्जनको निम्ति मात्र नभएर क्षेत्रका कलिला खेलाडीहरुलाई पनि हरेक वर्षनै प्रोह्त्सान साथै दिशा निर्देश गर्दै लानपर्ने आयोजक पक्षको दायित्व रहेकोले देश विदेशमा हाल चल्ती खेलहरुसित पनि नयाँ खेलाडीहरुलाई परिचय गर्दै लान पर्ने आवश्यकता देखिन्छ | यसको साथै यस खेलकुद कार्यक्रम अन्तर्गत मैदानमा सम्पन्न गर्दै आइरहेको खेलहरु जस्तै हाई जम्प, लंग जम्प आदि खेलहरुमा आज पर्यान्त पुरानै तकनिकीहरु, खेल सामाग्रीहरु प्रयोग गर्दै आइरहेकोले कुनै समय दुर्घटना पनि हुनसक्ने सम्भावना थुप्रै देखिएकोले यसलाई आधुनिक उपकरणहरुद्वारा सच्च्याउन पर्ने अनि नयाँ - नयाँ खेलहरु पनि अन्तर्भुक्त गर्दै कार्यक्रमलाई अझ खेलकूद जस्तै बनाउन पर्ने आवश्यकताहरु हरेक वर्ष देखिन्दै आइरहेको छ || 

विगत वर्षहरुमा झैं यस वर्ष पनि मङपु जन मैदानमा भब्य रुपमा वार्षिक दिपावली खेलकुद सम्पन्न हुने जानकारी प्राप्त भएको छ | जसरी कालेबुङबासीको निम्ति स्वतन्त्रता दिवस एउटा महत्वपूर्ण पर्व हो भने मङपु

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.