ट्राई ब्रेकरमा नेपाल टीमलाई परास्त गर्दै युनाइटेड सिक्किम फाइनल प्रवेश

United Sikkim wins Knight Chess Club Nepal
हरेक वर्ष नै मङपु गोल्ड कपमा धुलो उडाउने नाइट चेस क्लब नेपालले आज सेमी फाइनलमा युनाइटेड सिक्किमसित हार खाएको छ | प्राय: बराबरीको प्रतिश्पर्दामा रहेको दुवै टीमले शुरुदेखि नै लाखन कोशिश गर्दा पनि विपक्षीको गोल पोस्टमा गोली दाग्न सकेन | पहिलो हाफमा दुवै टीमको पक्षबाट कडा कोशिश रहँदा रहँदै पनि दोश्रो हाफसम्म पनि कुनै टीमको पक्षमा गोल छिर्न सकेन भने अन्तमा निर्धारित समय सकिएपछि निर्णायक पक्षले ट्राइ ब्रेकरको मध्यमबाट खेलको परिणाम निकाल्न परेको थियो | नेपालको प्रतिष्ठित फूटबल टीम नाइटचेस क्लब नेपालको खेल हेर्न धुइरो लागेको अपार दर्शक बिच टीमले भने जस्तो मनोरन्जन दिन सकेन फलत ट्राइ ब्रेकरमा युनाइटेड सिक्किमले ३ गोलको विरुद्ध ४ गोल गर्दै नाइट चेस क्लब नेपाललाई विदा दिएको छ भने एउटा पोलबाट सिक्किम टोलीले फाइनल खेल्न आफ्नो स्थान सुरक्षित गरिसकेको छ | यसरी नै भोलि हुने दोश्रो सेमी फाइनलमा अमुक्त परिवार सिलिगुडीको सामना बिर्तामोड एफसी नेपालसित हुनेछ र विजयी टीमले १२ नोभेम्बरको दिन युनाइटेड सिक्किमसित फाइनल खेल्नेछ | आजको म्याचमा नाइट चेस क्लब नेपालका जर्सी नम्बर ८ विवेक पौड्याललाई म्यान अफ द म्याचले पुरस्कृत गरियो जसलाई प्रमुख अतिथि कार्यकारिणी अभियन्त तक्दाह विवेक कुमार प्रधानको बाहुलीबाट हस्तान्तरण गरियो ||

हरेक वर्ष नै मङपु गोल्ड कपमा धुलो उडाउने नाइट चेस क्लब नेपालले आज सेमी फाइनलमा युनाइटेड सिक्किमसित हार खाएको छ | प्राय: बराबरीको प्रतिश्पर्दामा रहेको दुवै टीमले शुरुदेखि नै लाखन कोशिश गर्दा

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.