विमल गुरुङ गुट विरेन भूजेलको कोठा पनि भयो कुड़्की

Bimal Supporter Biren Bhujel Room Raided
कालेबुङ जिल्ला एवम् सत्र न्यायालयको मुद्दा सङ्ख्या 13/2015 अन्तर्गत राज्य बनाम बिरेन भुजेल एवम् 13 जना अन्य विरुद्ध चलिरहेको मुद्दाको आधारमा कालेबुङ पुलिसले गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) का भूमिगत विरेन भुजेलको कोठाबाट सामाग्रीहरू कुड्की गरेको छ। न्यायालयको आदेशपछि बिरेन भुजेलको इस्टमेन रोड, छिना डाँडामा अवस्थित घरमा आज पुलिसबल पुगेका थिए। त्यससमय घरमा बिरेन भुजेलका पिता भरत भुजेल मात्र रहेका थिए भने उनलाई बिरेन भुजेल बस्ने कोठा सोधपुछ गरेपछि कोठामा रहेका सामाग्रीहरू कुड्की गरियो।
Biren Bhujel for Gorkhaland
Biren Bhujel
गतवर्ष चलेको 105 दिनको पहाड बन्दपछि भूमिगत अवस्थामा रहेका बिरेन भुजेल विरुद्ध कालेबुङ थानामा मुद्दा सङ्ख्या 49/14 अनुसार भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 323, 324, 326, 307, 427, 506 अनुसार मुद्दा दर्ता गरिएको छ। कालेबुङ जिल्ला एवम् सत्र न्यायालयमा चलिरहेको उक्त मुद्दाको सुनवाइमा बिरेन भुजेलले आफ्नो उपस्थिति नदिएपछि नै न्यायालयले उनको घर कुड्की गर्ने आदेश जारी गरेको हो। जसको आधारमा आज पुलिसले भुजेलको कोठामा रहेका सामाग्रीहरू कुड्की गरेको छ।
भूमिगत अवस्थामा रहेका बिरेन भुजेल आफ्ना आमा-बाबासँगै घरमा बस्दै आइरहेका थिए। सोही घरमा रहेको विरेन भुजेलको कोठाबाट पुलिसले सामाग्रीहरू कुड्की गरेको हो। यस सन्दर्भमा बिरेन भुजेलका पिता भरत भुजेलले आज बिहान पुलिसहरू आएपछि बिरेन भुजेलको कोठामा रहेका सामाग्रीहरू लैजानेछौँ भनेपछि उनको कोठामा रहेका एउटा बेड, टीभी अनि टेबल लगेर गएको बताएका छन्।
एउटा छोरा बरुण भुजेल जो निर्वाचित पनि हुन् उसलाई मारिदियो। अर्को छोरोलाई पक्रिनलाई खोजिरहेको छ। यस्तो अवस्थामा हामीलाई अत्यन्त्यै दु:ख लागेको छबरुण भुजेलका पिता भरत भुजेलले भने।

http://pratibymba.com

कालेबुङ जिल्ला एवम् सत्र न्यायालयको मुद्दा सङ्ख्या 13/2015 अन्तर्गत राज्य बनाम बिरेन भुजेल एवम् 13 जना अन्य विरुद्ध चलिरहेको मुद्दाको आधारमा कालेबुङ पुलिसले गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) का भूमिगत विरेन भुजेलको कोठाबाट सामाग्रीहरू कुड्की गरेको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.