गोरामुमोको स्टेरिङ कमिटी गठन, मन घिसिंगले भन्यो पहाड सामान्य छैन जीटीए चुनाव नगराएकै राम्रो

Gorkha National Liberation Front president Mann Ghisingh
गोरामुमोले 17 सदस्यीय स्टेरिङ कमिटीको गठन गरेको छ जसले आफ्नो प्रथम बैठक आगामी आइतबारको दिन आयोजना गर्ने तय गरेको छ।गोरामुमो अध्यक्ष मन घिसिङले 22 जून 2018-को दिन खरसाङमा आफ्ना पिता स्व. मन घिसिङको जन्म दिवसको अवसर पारेर गोरामुमो केन्द्रिय समितिदेखि प्रायः सबै भ्रातृ संगठनहरूलाई विघटन गरेका थिए। यसपछि आज उनकै नेतृत्वमा 17 सदस्यीय स्टेरिङ कमिटीको गठन गरिएको छ। जसले पार्टीलाई अझै दह्रिलो बनाएर लाने, संगठन मजबुतीको दिशामा कार्य गर्ने साथै यस कमिटीको परामर्शअनुसार, पार्टीको केन्द्रिय समितिको पनि गठन गरिने भएको छ।
स्टेरिङ कमिटी गठनको औपचारिक घोषणा गर्नअघि उनले पत्रकारहरूसित कुराकानी गर्दै लोकसभा चुनाउको लागि सबै राजनैतिक पार्टीहरूसित वार्ता गर्ने ढोका खुल्ला राखेको बताए। यसका साथै उनले छैटौं अनुसूचीको साटो कुनै संवैधानिक व्यवस्थाबारे सरकारले वार्ता गर्न चाहन्छ भने त्यसमा पार्टीको लचिलो नीति रहने बताए। उनले जीटीए चुनाउमा गोरामुमोले भाग लिने वा नलिनेबारे सोधिएको प्रश्‍नको उत्तरमा भने-प्रथमतः गोरामुमोले जीटीएको वैधतामाथि प्रश्‍न खडा गर्दै देशको सर्वोच्च न्यायालयमा अघिबाटै एक मुद्दा दर्ता गरिसकेको छ। विशेष दार्जीलिङ पहाडमा जीटीएको चुनाउ नगराएकै राम्रो हुनेछ। किनभने, अहिलेसम्म पनि दार्जीलिङ पहाडको स्थिति पूर्णरूपले सामान्य बनिसकेको छैन। जीटीए पहाडका जनताले मात्रै होइन, यसको चौकीमा बस्ने नेताहरूले पनि फ्याँकिसकेको व्यवस्था हो। जीटीएले गोर्खा जातिको भलो कदापि हुँदैन। तरै पनि 5 वर्ष फेरि अर्को एउटै पार्टीलाई दिनु पनि उचित हुँदैन। यसैले समय आएपछि यसमाथि पार्टीले निर्णय लिनेछ।
उनले भने-राज्य सरकारले गोर्खा जातिको कस्तो भलो चाहन्छ, त्यसबारे पनि पार्टीले राज्यको मन बुझ्न चाहन्छ। यस विषय् लिएर उनले राज्यकी मुख्यमन्त्रीसित पनि भेट गर्ने मन बनाएको बताए।
उनले भने-वर्तमान राज्य सरकार सुनिदिने पक्षमा छ, गोरामुमो यो मौका गुमाउन चाहँदैन। हाल राज्य सरकारसित गोरामुमोको कुटनैतिक सम्बन्ध छ। लोकसभा चुनाउमा गोरामुमोले यसपाली आफ्नै उम्मेद्वार खडा गर्छ कि अन्य राजनैतिक पार्टीलाई समर्थन जनाउँछ? भन्ने प्रश्‍नको उत्तरमा घिसिङले भने-गोरामुमोले दिल्ली (भाजपा)-को पनि मन बुझ्न चाहन्छ अनि कलकत्ता (तृणमूल कंग्रेस)-को पनि। किनभने, पहिले सुन्नुपर्यो, बुझ्नु पर्यो, त्यसपछि निर्णय लिन पर्यो। यसैले अब पार्टीको स्टेरिङ कमिटी गठन भएको छ, यसले नै सामूहिकरूपमा यसबारे निर्णय लिनेछ। यसका साथै उनले आगामी आइतबारको दिन हुने स्टेरिङ कमिटीको प्रथम बैठकमा पार्टीको भावी रणनीति तथा चुनाउहरूबारे पनि चर्चा गर्ने भएको छ। उनले भाजपाको नाम नलिए पनि यस पार्टीमाथि नै कटाक्ष प्रहार गर्दै भने-दार्जीलिङ पहाडमा गत वर्ष 104 दिनको बन्द भयो, पहाड अशान्त बनेको थियो। तर जुन नेता यहाँ आएर जनतालाई ठोस आश्‍वासन दिनुपर्थ्यो, त्यस पार्टीका एकजना नेता पनि यहाँ आएन, न सान्तवनाको एक शब्द नै आएको थियो। विगतमा ठूलै आशा देखाएर वा आश्‍वासन दिएर सांसद बन्ने पार्टीका नेताहरू पहाडका जनतालाई परेको समय पूर्णरूपले अनुपस्थित रहेका थिए।

http://pratibymba.com

गोरामुमोले 17 सदस्यीय स्टेरिङ कमिटीको गठन गरेको छ जसले आफ्नो प्रथम बैठक आगामी आइतबारको दिन आयोजना गर्ने तय गरेको छ।गोरामुमो अध्यक्ष मन घिसिङले 22 जून 2018-को दिन खरसाङमा आफ्ना

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.