जीटीए फूटबल टुर्नामेन्टको निम्ति विनय तामाङ अनि मुख्य सचिवद्वारा मेला ग्राउण्ड र मङपुको निरिक्षण

Binay Tamang and GTA principal Sec visits mela ground and mungpoo ground
जीटीए चियरमेन्स गोल्डकप फूटबल टुर्नामेन्टको पहिलो सेमिफाइनल अनि फाइनल खेला कालेबुङको मेला ग्राउण्डमा सम्पन्न हुने भएको छ। जसको निम्ति कालेबुङ मेला ग्राउण्डको स्थितिबारे निरिक्षण गर्न जीटीए बोर्ड अध्यक्ष विनय तामाङ, जीटीए मुख्य सचिव एसएच शयद अहमेद बाबा, जिल्लापाल डा. विश्वनाथ, कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान लगायत अन्य अधिकारीवर्ग उपस्थित रहेका थिए। टोलीले मङपु खेल मैदानको पनि निरिक्षण गरे |
आगमी 9 दिसम्बरका दिनदेखि आरम्भ हुने उक्त गोल्डकप फुटबल टुर्नामेन्टमा देशका नामी-दामी फुटबल क्लबहरूले भाग लिने भएको कारण कालेबुङको मेला ग्राउण्ड उपयुक्त छ कि छैन भनेर जाँच गर्न नै उनीहरू आज आएका थिए। मैदानको निरिक्षण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै जीटीए बोर्ड अध्यक्ष विनय तामाङले मेला ग्राउण्डमा दुईवटा खेला सम्पन्न हुने बताएका छन्।
उनले मैदानको निरिक्षण गरेपछि स्तरीय फुटबल खेल आयोजनाका निम्ति मैदानको स्तरीयता पनि उत्तिकै आवश्यक्ता रहेको कारण मेला ग्राउण्डलाई सेमिफाइनल अनि फाइनल खेलको निम्ति तयारी गरिने बताएका छन्।
उनले दार्जीलिङ पहाडमा अस्सीको दशक अघि ब्रिगेड अफ् गोर्खाज गोल्ड कप खुबै प्रचलित रहेको बताउँदै उक्त खेला केवल दार्जीलिङमा मात्र हुने गरेको कारण यसपल्ट हुने जीटीए चियरमेन्स गोल्डकप फूटबल टुर्नामेन्ट दार्जीलिङ, कालेबुङ, खर्साङ, सुकुना, सालुगडा अनि मङ्पूमा हुने बताएका छन्।
‘फुडबलको गरीमा पहाडबाट हराएको कारण हामीले जीटीए चियरमेन्स गोल्डकप फूटबल टुर्नामेन्ट आयोजना गर्न लागेका हौँ’ विनय तामाङले भने। यसक्रममा उनले जीटीए स्पोर्ट्स काउन्सिलले इन्डियन फुटबल एसोसिएसन (आईएफए) को एफिलेसन पाइसकेको जानकारी गराउँदै आगमी वर्षदेखि  आईएफएको क्यालेन्डरमा यस फुटबल टुर्नामेन्ट पनि समावेश हुनसक्ने बताएका छन्। जसको निम्ति आफुहरूको वैठहरू समेत चलिरहेको तामाङले जानकारी दिएका छन्।
उनले राष्ट्रिय स्तरका खेलाडीहरू खेल्नका निम्ति मैदानको स्तरीयता हेर्नका निम्ति तक्निकी समितिका मानिसहरू पनि आएर मैदानको जाँच गर्ने जानकारी दिएका छन्। सोहिक्रममा उनले मङ्पू मैदानको पनि निरिक्षण गर्न जाने जानकारी दिएका छन्।
उनले पहाडमा सम्पन्न हुने उक्त गोल्डकपले सम्पूर्ण पहाडवासीकै निम्ति धेरै लाभ पुग्ने बताउँदै दार्जीलिङ, कालेबुङ अनि खर्साङमा अन्तराष्ट्रिय स्तरको स्टेडियम समेत बनिने जानकारी दिएका छन्। यसक्रममा उनले उक्त स्टेडियम जीटीए, बङ्गाल सरकार अथवा भारत सरकारले निर्माण नगरेर अन्तराष्ट्रिय स्तरका फुटबल क्लबले निर्माण गर्ने भएको पनि उनले बताएका छन्।
पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा तामाङले जीटीए चियरमेन्स गोल्डकप फूटबल टुर्नामेन्टलाई जर्मनीको तीनवटा क्लब अनि स्पेनको दुईवटा क्लबले गोंद लिएको अनि यसबारे आधिकारिक पत्र समेत आफुले प्राप्त गरेको जानकारी दिएका छन्। उनले उक्त क्लबहरूसँग आधिकारिक सम्झौता भएपछि दार्जीलिङ फुटबल क्लब स्थापित गरिदिने बताउँदै  सोही क्लबबाट वर्षमा दशजना खेलाडीलाई चयनित गरेर प्रशिक्षण दिन जर्मनी अनि स्पेन पठाउने भएको पनि बताएका छन्।
‘जर्ममीको राष्ट्रिय टोलिका पूर्व खेलाडी ओलिभर सम्भवत फाइनल खेलामा आउनेछन्। उनी आउने प्राय: निश्चित बनिसकेको छ। यद्यपी अन्तिम निर्णय भने भएको छैन। यसैक्रममा उनले पनि पहाडबाट वर्षमा तीनजना गोलकिपरलाई लगेर प्रशिक्षण गराउने बचन दिएका छन्’ विनय तामाङले थप भने।

http://pratibymba.com/

जीटीए चियरमेन्स गोल्डकप फूटबल टुर्नामेन्टको पहिलो सेमिफाइनल अनि फाइनल खेला कालेबुङको मेला ग्राउण्डमा सम्पन्न हुने भएको छ। जसको निम्ति कालेबुङ मेला ग्राउण्डको स्थितिबारे निरिक्षण गर्न जीटीए

Read latest post filed under regional news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.