कालेबुंगको नयाँ मोटर स्ट्याण्ड सञ्चालनमा ल्याउन जीटीएको पहल संगै विनय तामाङ अनि मुख्य सचिवल गरे भ्रमण

Binay Tamang visits Kalimpong new motor stand
कालेबुङको निर्माणाधीन नयाँ मोटर स्ट्याण्ड चाँढै सञ्चालनमा ल्याउने जीटीएले पहल सुरु गरेको छ। जसको निम्ति आज नोभेल्टि परिसरमा निर्माणाधीन मोटर स्ट्याण्डको जीटीए बोर्ड अध्यक्ष विनय तामाङ अनि मुख्य सचिव एसएच शयद अहमेद बाबाले संयुक्त रूपमा निरिक्षण भ्रमण गरेर जानकारी लिएका छन्। यस अवसरमा उक्त निरिक्षण भ्रमण अवधी कालेबुङका जिल्लापाल डा. विश्वनाथ, कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।
उक्त भ्रमणपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए बोर्ड अध्यक्ष विनय तामाङले निर्माणाधीन मोटर स्ट्य़ाण्ड आगामी वर्ष मार्च महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य राखेर कार्य गर्ने जानकारी दिँदै कतिपय रहेका समस्याहरूलाई झट्टै समाधान गर्ने बताएका छन्। उनले मोटर स्ट्याण्ड निर्माणाधिन परिसरमा रहेका घरहरू हटाउनका निम्ति अघिबाटै नगरपालिकासँग सम्झौता भएको कारण उक्त समस्या पनि नगरपालिका अनि जिल्ला प्रशासनले समाधानको पहल गर्ने बताएका छन्।
‘पार्किङ समस्या समाधान गर्न दुईवर्ष अघि निर्माण भइसक्नुपर्ने यो पार्किङ अझैसम्म समापन भएको छैन। जसको आज हामीले निरिक्षण गरेर जानकारी लिएका छौँ’ विनय तामाङले अझ भने –‘स्थानीय बासिन्दा मानिसहरूलाई हामी निश्चय नै न्याय दिनेछौँ। नगरपालिकासँग अघिबाटै सम्झौता भए अनुसार हामी काम गर्नेछौँ।’
उनले मोटर स्ट्याण्ड परिसरमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई अघिबाटै कालेबुङ नगरपालिकाले ठाउँ निर्धारित गरेको जानकारी दिँदै उक्त ठाउँमा उनीहरूलाई स्थान्तरण गरिएपछी मोटर स्ट्याण्डमा प्रवेश गर्ने अनि निस्कने बाटो बनाएर उक्त स्ट्याण्डलाई सूचारू गर्ने पनि उनले बताएका छन्।

http://pratibymba.com/

कालेबुङको निर्माणाधीन नयाँ मोटर स्ट्याण्ड चाँढै सञ्चालनमा ल्याउने जीटीएले पहल सुरु गरेको छ। जसको निम्ति आज नोभेल्टि परिसरमा निर्माणाधीन मोटर स्ट्याण्डको जीटीए बोर्ड अध्यक्ष विनय तामाङ अनि मुख्य

Read latest post filed under political news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.