शारदा खेल मैदानमा १२ दिसम्बरदेखि हुनेछ फूटबल टुर्नामेन्ट

Simley United Boys Club Football
हरेक वर्ष मङपु विभागीय सिम्ले युनाइटेड बोइज क्लबको आयोजनामा सम्पन्न हुँदै आइरहेको एक तोला सुन जडित स्वर्गीय निरुकला तामांग स्मृति विजेता कप साथै स्वर्गीय नन्दमाया राई स्मृति उप विजेता कप लात्ते भकुण्डो प्रतियोगिता यस वर्ष २३ दिसम्बरदेखि सम्पन्न हुने निश्चित भइसकेको छ | विभागको शारदा हाइ स्कूल छेउको खेल मैदानमा सम्पन्न हुने उक्त फूटबल टुर्नामेन्टको फाइनल खेल हरेक वर्ष २६ जनवरी अर्थात गणतन्त्र दिवसमा हुने गरिन्थ्यो भने उक्त दिन मङपुभरि गणतन्त्र दिवसको विभिन्न कार्यक्रमहरु सम्पन्न हुने भएकोले खेल सम्पन्न गराउनमा केही असुविधा हुने गरेकोले यसपल्टदेखि उक्त फाइनल खेला २७ जनवरी २०१९ को दिन हुने तय गरिएको क्लबको विगत सभाले बताएको छ | प्रत्येक दलमा ९ जना गरेर खेलाइने यस खेलमा अतिरिक्त ३ जना खेलाडीहरु पनि राख्न सकिने प्रावधान छ | विजेता दललाई स्वर्गीय निरुकला तामांग स्मृति कप सहित नगद राशी ६५,००० रुपियाँ अनि उपविजेता दललाई स्वर्गीय नन्दमाया राई स्मृति कप संगै नगद राशी ३५,००० रुपियाँ प्रदान गरिने भएकोले इच्छुक दलहरुले आगमी १० दिसम्बरभित्रमा समितिसित सम्पर्क गर्दै प्रवेश प्रणाली पालन गरिदिने क्लबको पक्षमा अरिफ मंगरले अपिल गरेको छ ||

हरेक वर्ष मङपु विभागीय सिम्ले युनाइटेड बोइज क्लबको आयोजनामा सम्पन्न हुँदै आइरहेको एक तोला सुन जडित स्वर्गीय निरुकला तामांग स्मृति विजेता कप साथै स्वर्गीय नन्दमाया राई स्मृति उप विजेता कप लात्ते भकुण्डो प्रतियोगिता यस वर्ष २३ दिसम्बरदेखि सम्पन्न हुने निश्चित भइसकेको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.