गोर्खा जनमुक्ति युवा मोर्चा (विमल गुट)
अध्यक्ष प्रकाश गुरुङको घर पुलिसले कुड्की गरेको सन्दर्भमा भूमिगत नेता
विमल गुरुङले प्रतिक्रिया व्यक्त गरेका छन्। उनले एक प्रेस बिज्ञप्ती जारी
गरेर आफु पछि निमा तामाङको अघिबाटै घर कुड्की गरिएपछी अहिले प्रकाश गुरुङको
घर कुड्की गरेको बताएका छन्। यसक्रममा उनले प्रकाश गुरुङ अपराधी होइनन्
भन्दै घर कुड्कीको घट्नालाई न्यायालयले न्यायोचित अध्ययन गरिदिने अपिल पनि
गरेका छन्।
यहाँ पद्नुहोस: बिमलपन्थी नेताको घर कुड्की
यहाँ पद्नुहोस: बिमलपन्थी नेताको घर कुड्की
‘जातिय मुक्तिको निम्ति माटोको आन्दोलनमा पुलिसी षडयन्त्रबाट बाँच्न भूमिगत हुनपरेका प्रकाश गुरुङ अपराधी होइनन्’ विमल गुरुङले अझ भनेका छन् –‘भारतमा आज स्वतन्त्रता सेनानी भनेर पूजिनेहरू एकसमय अधिकांश नै भूमिगत थिए, आज हामी इतिहासको त्यो पाटोमा उभिएको मात्र हो।’
उनले यदि कानुनको अघि प्रकाश गुरुङ यदि
अपराधी नै हो भने पनि उनका परिवारका सदस्यहरू अपराधी होइनन् भन्दै आज उनका
परिवारलाई समेत बेघर बनाउने कार्य भएको आरोप लगाएका छन्। उनले उक्त कार्य
प्रजातन्त्रको हत्या रहेको दाबी समेत गरेका छन्।
‘केवल एउटा कठपुतलीलाई सत्तामा टाँसेर
राख्नु बङ्गाल सरकारले यस्तो अमानवीय कार्य गर्छ भने यो प्रजातन्त्रको
हत्या हो’ विमल गुरुङले भनेका छन्। उनले चारवटा अन्तराष्ट्रिय सिमानाले
घेरिएको यस क्षेत्रमा बारम्बर यसप्रकारको घट्नाले देशको सार्वभौमिकतालाई
चोट पुर्य़ाउन सक्छ भन्दै केन्द्र सरकारले उक्त घट्नालाई बिचार गर्नुपर्ने
अपिल पनि गरेका छन्।
उनले जारी गरेको विज्ञप्तीमा पहाडका
अधिवक्ताहरूलाई पनि अघि आइदिने अपिल गरेका छन्। आफुहरूले लड्दै गरेको लडाईँ
आफ्नो निम्ति मात्र नभएर भावि सन्तानको निम्ति हो भन्दै अधिवक्ताहरूलाई
अघि आइदिने विमल गुरुङले अपिल गरेका छन्।
अर्कोतर्फ विमल गुरुङको उक्त घर कुड्कीको
घाट्नालाई लिएर राष्ट्रिय सुरक्षा एजेन्सिहरूलाई पनि अपिल गरेका छन्। उनले
यस्तो घट्नाले कानुन प्रति मानिसहरूको वितृष्णा बड्ने भन्दै भोलिको दिनमा
यस क्षेत्र अझ अशान्त हुनसक्ने भएको कारण सम्बन्धित निकायलाई सूचित गरिदिने
गुरुङले अपिल गरेका छन्।
‘जुसुकैलाई बाटैबाट पक्राउ गर्नु, पुलिसले
सत्ताधारी दलको क्याडर जस्तो काम गर्नु, घरै कुड्की गरेर अन्य सदस्यहरूलाई
बेघर बनाउनु जस्ता घट्नाहरूले संवेदनशील भूभागमा नराम्रो परिणाम दिन सक्छ’
विमल गुरुङले भनेका छन्।
http://pratibymba.com/
Post a Comment