11 वटा जातगोष्ठीको मुद्दा विमल गुरूङ अनि भाजपाको राजनैतिक चलखेल हो - बिनय तामांग

Binay Tamang Gorkha Janmukti Morcha chief
‘11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने मुद्दामा भाजपाले दार्जीलिङ पहाड़मा राजनैतिक रोटी सेक्ने घृणित कार्य नगरोस् भनी गोर्खा जनमुक्ति मोर्चा एकपल्ट फेरि चेतावनी दिँदछौं। आरपी वाइबाहरूद्वारा आज फेरि केन्द्रिय जनजाति मन्त्रालयका मन्त्री जुअल उराँवलाई यस मुद्दालाई लिएर ज्ञापन चड़ाइएको प्रेस रिलीज  जारी गरिएको छ, जो पूर्णरूपमा विमल गुरूङ अनि भाजपाको राजनैतिक चलखेल हो’ उक्त कुरा जीटीए अध्यक्ष विनय तामाङले भनेका हुन्।

 

गोजमुमो विमल गुरुङ गुटका प्रतिनिधी टोलिले केन्द्रिय जनजाति मन्त्री जोएल उराँवलाई भेट गरेर पुन: गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिनुपर्ने भन्दै आगमी संसदको शितकालिनस सत्रमा बील पेशी गर्दिनुपर्ने आग्रह गरेपछि तामाङले आफ्नो प्रतिक्रिया दिएका हुन्।

‘जनजातिको मुद्दालाई सदनमा पेश गर्नुकोलागि भाजपालाई अझै कतिवटा ज्ञापनहरू चड़ाउनुपर्ने हो भनी म भाजपालाई प्रश्न गर्न चाहन्छु। गोर्खाहरूलाई जनजातिको मान्यका प्रदान गर्ने वाचा भाजपाले धेरै अघि नै गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयँले 2016 को विधानसभा चुनाउको समय सार्वजनिकरूपमा 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने वचन दिएका हुन्। तर प्रधानमन्त्रीले वचन दिएको 3 वर्ष नाघिसक्दा पनि अहिलेसम्म किन यसबारे केही पहल गरिएको छैन?’ तामाङले अझ भनेका छन्- ‘यति लामो अवधिसम्म भाजपाले वचन पूरा गर्नुको साटो यस मुद्दालाई लिएर राजनैतिक रोटी सेक्ने काममात्रै गरिरहेका छन्?’

यसक्रममा उनले चुनावको समयमा मात्र भाजपालाई गोर्खाहरूको याद आउने गरेको आरोप लगाउँदै जनजातिको मुद्दालाई पनि चुनावको समय मात्र चर्चामा ल्याउनु खेदपूर्ण रहेको विनय तामाङको भनाइ रहेको छ। ‘गोर्खाहरूको विश्वास अनि जनभावनालाई चुनावी मुद्दा बनाएर गोर्खाहरूलाई विश्वासघात गर्ने भाजपालाई कुनै अधिकार छैन। भाजपा नेताहरूमा यदि कुनै नैतिकता रहेको छ भने यस मुद्दालाई चुनावी व्यापार नबनाएर यथाशीघ्र सदनमा बील पेश गरून्’ तामाङले भनेका छन्। यदि भाजपाले संसदमा बील पेश नगरे गोजमुमोले सडकमा ओर्लिएर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

‘आरपी वाईबाहरूलाई पनि उक्त राजनैतिक नाटक बन्द गरेर भाजपालाई 11 जनजातिको मुद्दामा यथाशीघ्र पहल शुरू गर्न दबाउ दिने हामी सुझाउ दिँदछौं। विमल गुरूङ अनि भाजपाले हरेक चुनाउमा देखाउने गरेको राजनैतिक नाटकको स्क्रीप्ट जनताले सबै पढ़िसकेका छन्। यसैले यसपल्ट ज्ञापन र आश्वासनको नाटकबाजी बन्द गरेर जनताको चाहना पूरा गर्ने दिशामा पहल गर्नुपर्ने सुझाउ हामी दिन चाहन्छौं’ विनय तामाङले जनजाति मन्त्री भेट गर्ने प्रतिनिधी टोलिलाई भनेका छन्।

 

http://www.gafsaff.com

‘11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने मुद्दामा भाजपाले दार्जीलिङ पहाड़मा राजनैतिक रोटी सेक्ने घृणित कार्य नगरोस् भनी गोर्खा जनमुक्ति मोर्चा एकपल्ट फेरि चेतावनी दिँदछौं। आरपी वाइबाहरूद्वारा आज फेरि केन्द्रिय जनजाति मन्त्रालयका मन्त्री जुअल उराँवलाई

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.