Bimal gurung to come out soon

अब चाडै आउँछु, धेरै दिन छैन भन्दै बिमल गुरुङले जारी गरे प्रेस बिज्ञप्ती

‘विमल गुरुङ अब धेरै यसरी जनताबाट टाडा बस्दैन। म आउँछु अनि बोर्ड मिटिङको सिफारिसमा उनीहरूलाई नोकरी दिएको प्रमाण बोकेर ती सबै भाइ-बहिनीहरूलाई न्याय दिलाउनेछु। केहि छोटो समय पर्खनु मात्रै पर्नेछ’ – उक्त कुरा गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङले भनेका हुन्।

उनले आज एक प्रेस बिज्ञप्ती जारी गरेर असुरक्षित कर्मचारी सङ्गठनका सदस्यहरूलाई सम्बोधन गर्दै आफु चाँढै पहाडमा फर्केर आउने दाबी गरेका छन्। यसक्रममा उनले ‘केहि छोटो समय पर्खनु मात्र पर्नेछ’ भनेका छन्।
उनले गत 4 दिसम्बरका दिन जीटीए बोर्ड अध्यक्ष विनय तामाङले असुरक्षित कर्मचारी सङ्गठनका कार्यकर्ताहरूलाई विमल गुरुङले जीटीएमा 2013 देखि विभिन्न विभागमा काम गर्नु भनेर अह्राएको भन्दै उनीहरूलाई धम्काएको आरोप लगाउँदै उनले तल्लो स्तरको राजनीति गरिरहेको आरोप लगाएका छन्। तामाङले लगाएको आरोपप्रति गुरुङले स्पष्टीकरण दिँदै आफ्नो समयमा 825 जनाको रिक्त पद सिर्जना भएको तर मानिसहरूको आर्थिक अवस्थालाई हेरर 25 सयलाई रोजगार दिएको गुरुङले प्रेस बिज्ञप्तीमा दाबी गरेका छन्। यसक्रममा विनय तामाङले 1257 जनाको लिस्ट पाएको भन्दै अन्यको हातमा कुनै आधिकारिक पत्र नभएको कारण न्यायालयमा जाँदा समेत केहि हुँदैन भन्ने बयान दिएर असुरक्षित कर्मचारीवर्गलाई धम्काएको विमल गुरुङले विज्ञप्तीमा आरोप लगाएका छन्।
उनले तामाङको उक्त वयान गरीबलाई हेप्ने कार्य हो भन्दै ती असुरक्षित कर्मचारीवर्गलाई जीटीएको बोर्ड मिटिङमा प्रस्ताव पारित गरेर नै नियुक्ति गरिएको पनि दाबी गरेका छन्। ‘मेरो कार्यकालमा उनीहरूलाई राखेको हो। अनि उनीहरूलाई गलत तरिकाले राखेको होइन। हामीले बकाईदा जीटीए बोर्डको मिटिङ गरेर सबै सभासदको सहमतिमा बोर्ड मिटिङमा प्रस्ताव पारित गरेर उनीहरूलाई नोकरीमा राखेको हो’ विमल गुरुङले विज्ञप्तीमा भनेका छन्।
उनले उक्त बोर्ड निटिङमा बिनय तामाङ आफै पनि रहेको भन्दै आज कसरी केहि थाह छैन भनेर नाटक गर्दैछ भनि प्रश्न समेत तेर्साएका छन्। गुरुङले आफुहरूको उद्देश्य दार्जीलिङ पहाडमा बेकारी समस्या न्युन गराउनु रहेको कारण निर्धारित मेनपावर भन्दा धेरैलाई नोकरी दिएको दाबी गर्दै आज विनय तामाङले बेरोजगार समस्या बडोत्तरी गर्न खोजेको आरोप लगाएका छन्।
गुरुङले बिज्ञप्तीमा अस्थायी कर्मचारीवर्गलाई विनय तामाङले डर देखाएको होला भन्दै उनीहरूलाई न्याय दिलाउनेछु भनि बाचा समेत गरेका छन्। यसैक्रममा उनले अहिलेसम्म विनय तामाङले ती अस्थायी कर्मचारीवर्गलाई प्रयोग गर्ने गरेको आरोप लगाएका छन्।
http://www.gafsaff.com/

‘विमल गुरुङ अब धेरै यसरी जनताबाट टाडा बस्दैन। म आउँछु अनि बोर्ड मिटिङको सिफारिसमा उनीहरूलाई नोकरी दिएको प्रमाण बोकेर ती सबै भाइ-बहिनीहरूलाई न्याय दिलाउनेछु। केहि छोटो समय पर्खनु मात्रै पर्नेछ’

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.