साहित्य अकादमी पुरस्कार 2018 लोकनाथ उपाध्यायलाई दिइने, मनप्रसाद सुब्बाले गरे विरोध

Loknath Upadhaya - Sahitya Academy Puraskar 2018 Nepali
लोकनाथ उपाध्यायलाई 2018को नेपाली साहित्य अकादमी पुरस्कार प्रदान गरिने घोषणा भएको छ। साहित्य अकादमीका अध्यक्ष डा. चन्द्रशेखर कम्बरले आज भारतका 24 भाषाका साहित्य अकादमी पुरस्कारको घोषणा गरेका छन्। उनले उक्त पुरस्कारको घोषणा एक प्रेस बिज्ञप्ती मार्फत् गरेका छन्।

नेपाली भाषामा लोकनाथ उपाध्यायलाई उनका कृति ‘किन रोयौ उपमा’-को निम्ति प्रदान गरिने घोषणा भएको हो। नेपाली भाषामा उनको कथा सङ्ग्रह ‘किन रोयौ उपमा’ लाई ज्युरीहरू क्रमैले बिना हाङ्खिम, मनप्रसाद सुब्बा अनि दुर्गा खतिवडाको मतले पारित गरेपछी पुरस्कारको निम्ति घोषणा गरिएको हो।
असम राज्यको डिगबोईमा पिता कपिलमणि उपाध्याय अनि माता चन्द्रकला उपाध्यायको कोखमा सन् 1939 मा जन्म ग्रहण गरेका लोकनाथ उपाध्याय अहिलेघरी सिलगडीमा बस्दै आइरहेका छन्। नेपाली साहित्यको क्षेत्रमा निरन्तररूपले कलम चलाउँदै आइरहेका उपाध्यायका आँधी, साइत, अन्तराल, विवर्तन आदि कृतिहरू प्रकाशित रहेका छन्।
 
ज्युरी सदस्य मनप्रसाद सुब्बाले जनाए विरोध; भने –‘विमति प्रकट गर्दै हस्ताक्षर नगरी फर्केँ’ 

साहित्य अकादमी दिल्लीले अकादमी पुरस्कारको घोषणा गरेको केहि घण्टा मात्रै बितिरहेको छ। नेपाली साहित्यमा यसपल्ट लोकनाथ उपाध्यायलाई कथासङ्ग्रह किन रोयौ उपमा को निम्ति उक्त पुरस्कार प्रदान गरिने घोषणा भइसकेको छ। उक्त घोषणा सँगै साहित्य अकादमी पुरस्कार चयनका निम्ति रहेका तीनजना ज्युरी मध्ये एकजना ज्युरी सदस्य साहित्यकार मनप्रसाद सुब्बाले आफ्नो प्रतिक्रिया पनि सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुक पोस्ट मार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै उक्त पुरस्कारको निम्ति आफ्नो असहमती खुलेर व्यक्त गरेका छन्।

‘प्रिय प्रवीण जुमेली भाइ अनि सञ्जय विष्ट भाइ, तपाइँहरूको निमित्त लडेको युद्ध मैले हारेँ। यो युद्ध थियो पुरातनवादी र समाकालीनतावादीमाझ। उनीहरूसित ठस्स गन्हाउने बासी विचारसहित अरू पनि अस्त्र थियो, तर मसित समकालीन शब्द सिवाय अरू क्यै थिएन र म पराजित भएँ। "आफ्नै मनका परदेशहरू" तथा "जूनजस्तै घाम"का निमित्त मैले लडेको युद्ध हारेँ। क्षमा गर्नुहोस् भाइहरू’ पुरस्कार चयन समितिका ज्युरी सदस्य एवम् कवि मनप्रसाद सुब्बाले भनेका छन्।
उनले नेपाली साहित्यमा यसपल्ट प्रवीण जुमेलीका ‘आफ्नै मनका परदेशहरू’ अनि  सञ्जय विष्टका ‘जूनजस्तै घाम’-ले साहित्य अकादमी पुरस्कार पाउनुपर्छ भन्ने मत हुँदा हुँदै पनि आखिरमा आफु पराजित बन्न परेको स्वीकारोक्ती स्पष्ट लेखेका छन्। यसका साथै आगामी दिनमा यस्तो जाली युद्द नलड्ने घोषणा समेत गरेका छन्।
‘अबदेखि उसो यस्तो जाली युद्द म कहिले लड्ने छुइनँ। पहिले पनि एकपल्ट गुप्त प्रधान र राजेन्द्र भण्डारीको निमित्त लडेको युद्ध यसरी नै हारेको थिएँ र ती बासी विचारहरूको "विजयपत्र"मा मेरो तीब्र विमति स्वरुप हस्ताक्षर नगरी फर्केको थिएँ। यसपालि पनि विमति प्रकट गर्दै हस्ताक्षर नगरी फर्केँ। अब चैँ काबु जुरी मेम्बरको नोमिनेसन थाप्नु!!’ मनप्रसाद सुब्बाले बिगतका कुरा पनि झिकेर भनेका छन्।
स्मरण रहोस् साहित्य अकादमीका अध्यक्ष डा. चन्द्रशेखर कम्बरले आज दिउँसो मात्रै भारतका मोठ 24 वटा भाषाका निम्ति साहित्य अकादमी पुरस्कारको घोषणा गरेका छन्। जसमध्ये नेपाली भाषाबाट लोकनाथ उपाध्यायलाई उनका कृति किन रोयौ उपमा-को निम्ति पुरस्कार दिइने घोषणा भएको छ। उक्त घोषणाकै क्रममा अकादमीका अध्यक्षले प्रत्येक पुरस्कार चयन गर्ने ज्युरीहरूको नाउँ पनि सार्वजनिक गरेका छन्। जसमध्ये नेपाली साहित्यबाट बिना हाङ्खिम, दुर्गा खतिवडा अनि मनप्रसाद सुब्बा ज्युरी सदस्यका रूपमा रहेका छन्।
उक्त घोषणा पछि तीनजना ज्युरी सदस्य मध्ये मनप्रसाद सुब्बाले आफ्नो चुनाव लोकनाथ उपाध्यायको कृतीलाई नभको भन्दै अन्य दुईजना ज्युरीको मतले भने उक्त पुरस्कार लोकनाथ उपाध्यायको कृतिले प्राप्त गर्ने भएको स्पष्ट बनेको छ। जसको कारण अब एकचोटि पुन: नेपाली साहित्यमा अकादमी पुरस्कारलाई लिएर विवाद बड्ने सम्भावना बडेको छ।
http://www.gafsaff.com/

लोकनाथ उपाध्यायलाई 2018को नेपाली साहित्य अकादमी पुरस्कार प्रदान गरिने घोषणा भएको छ। साहित्य अकादमीका अध्यक्ष डा. चन्द्रशेखर कम्बरले आज भारतका 24 भाषाका साहित्य अकादमी पुरस्कारको घोषणा गरेका छन्।

Read latest post filed under Awards

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.