गत सोमबार अनि मंगलबार कान्दुङ बस्तिमा फूलखेती, जैविक खेती साथै अन्य खेती सम्बन्धि कार्यशाला एनएचपीसी चरण ४ कालीझोडाको सौजन्यमा सम्पन्न गरियो | भीके लाक्रा (डीजीएमएचआर) सालिनी प्रभाल (एसएमएचआर), अमित शरण ( एमपीआर) को उपस्थितिमा सम्पन्न कार्यक्रममा केभीके (युभीकेभी) का डा० एमडब्ल्यु मोक्तान ( वरिष्ट वैज्ञानिक), डा० वासुदेव खड्का(प्रोग्राम सहायक) डा० रन्जीत पाण्डा ( एसएमएस), स्नेहलता लामा ( एसएमएस कार्यकारिणी), आकाशदीप थापा ( फार्म म्यानेजर), आकृति प्रधान ( एसएमएस) द्वारा संचालन गरिएको कार्यक्रममा माटो सम्बन्धि, कम्पोस्ट मल कसरी बनाउने, गनेउले मल कसरी बनाउने, फूल खेती सम्बन्धि, सिमी, टमाटर, खोर्सानी खेती, च्याउ खेती सम्बन्धि कृषक दाजु भाईहरुलाई जानकारी गराइयो | अन्तमा हट हाउस कसरी बनाउने, कस्तो प्रकारको हुनपर्ने विषयमा डा० एमडब्ल्यु मोक्तान (वरिष्ट वैज्ञानिक) द्वारा सबैलाई डेमो गराएपछि एनएचपीसीबाट आएका डीजीएमएचआर) भीके लाक्राद्वारा ३० जना लाभार्थीहरुलाई सिल्पोलिन, एग्रोनेट, विरुवा साथै वीजहरु वितरण गरियो | कार्यक्रममा प्रदीप कुमार छेत्रीद्वारा सम्पूर्ण गाउँलेहरुको पक्षबाट धन्यबाद दिंदै आगमी दिनहरुमा यस्तै कार्यशालाको आयोजना गरिदिने निवेदन पनि गरे ||
कान्दुङ बस्तिमा एनएचपीसीद्वारा जैविक खेती सम्बन्धि कार्यशाला
07Dec2018
Post a Comment