8 र 9 जनवरीको भारत बन्दको घोषणालाई
दार्जीलिङ पहाडका विभिन्न श्रमिक संगठनहरूले पनि समर्थन जनाएका छन्। यस
भारत बन्दलाई समर्थन जनाउने श्रमिक संगठनहरूमा माकपाको दार्जीलिङ जिल्ला
चियाकमान मजदूर युनियन, क्रामाकपाको दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर
युनियन, गोर्खालीगको श्रमिक संघ, जनआन्दोलन पार्टीको श्रमिक संगठनका साथै
अन्य छन्।
यद्यपि, यस भारत बन्दको कार्यक्रमबारे
गोजमुमो र तृणमूल कंग्रेसको श्रमिक संगठनले अहिलेसम्म कुनै मत प्रकट गरेको
छैन। तर यस बन्दलाई पूर्ण समर्थन जनाउँदै माकपा, क्रामाकपा आदि पार्टीका
श्रमिक संगठनहरूले आज दार्जीलिङका महकुमा अधिकारीसमक्ष एक ज्ञापन पनि पेश
गरे। यस भारत बन्दलाई केन्द्र गरेर यी श्रमिक संगठनहरूले आगामी 25
दिसम्बरदेखि पहाडका चियाबगानहरूका जनतालाई अवगत गराउने, त्यसपछि व्याङ्क,
डाकघर साथै अन्य सरकारी निकायका कर्मचारीहरूलाई पनि जानकारी गराउऩे अनि
समर्थन माग्ने योजना बनाएको संयुक्त श्रमिक संगठनका संयोजक डम्बर सिंह
शिवकोटी र सुनिल राईले बताए।
http://pratibymba.com/
Post a Comment
We love to hear from you! What's on your mind?