सन् १९५० मा स्थापित लाब्दा प्राथमिक पाठशाला मङपुको एउटा पुरानो अनि प्रतिष्ठित पाठशाला हो | आफ्नो स्थापना कालदेखि वर्तमानसम्म यस पाठशालाबाट हजारौं विधार्थीवर्गले शिक्षार्जन गरेर गइसकेको छ | वर्तमानमा ७८ बसन्त पार गरिसकेको यो पाठशालाको पुर्व एवम वर्तमान अध्यनरत विधार्थीवर्गबाट बिशेष विधार्थीवर्गलाई छनौट गरेर पाठशालाले विगत १४ दिसम्बर २०१८ को दिन “हाम्रो गौरव” क्यालेण्डर नयाँ वर्ष २०१९ को निम्ति सार्वजनिक गरेको छ | पाठशाला उपस्थिति समितिका वर्तमान अध्यक्ष मदन राईको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा दिछेन वाइबा सह परिदर्शिका रङली रङलियट खण्ड, अमिना तामांग उप परिदर्शिका मङपु क्षेत्र, पाठशालाका संस्थापक प्रधान शिक्षक बीबी बोम्जन लगायत स्थानीय लाब्दा भेकका शिक्षानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो |
लाब्दा एमएसके सहशिक्षक बीबी प्रधानद्वारा संचालित कार्यक्रममा शिक्षक पवन राईले सम्पूर्णलाई स्वागत जनाएअप्ची विधिवत रुपमा हाम्रो गौरव क्यालेण्डरको सर्व्जनिकरण गरियो | यसै अवसरमा पाठशालाका वर्तमान प्रधान शिक्षक जोह्नी तामांगले यस पाठशालाको इतिहास साँच्चै गौरवमय रहेको बताए | यसरी नै पाठशालाको इतिहास मात्र होइन बर्तमान र भविष्य पनि उत्तिकै गौरवमय बनाउने दिशामा आज पाठशालाले विभिन्न प्रकारको सृजनशील परिकल्पनाहरु तय गरेर व्यवहारिक रुपमा लगनशील छ | यसको साथै सामजिक पक्षमा पनि पाठशालाको सकारात्मक सोंच एवम सहयोग रहेको छ | तैपनि विगत दिनमा हजारौं विधार्थीले शिक्षार्जन गरेको यस पाठशालामा आज विधार्थीसहित शिक्षक संख्यामा ह्रास आउनु एउटा चिन्ताजनक विषय बनेको छ | सठीक समयमा शिक्षकको नियुक्ति भएको भए आज यस पाठशालाले वर्तमान दृश देख्न नपर्ने प्रधान अध्यापक तामांगले जनाए | प्रमुख अतिथिको रुपमा उपस्थित दिछेन वाइबाले पनि यस पाठशालाको इतिहास सहित वर्तमानको प्रसंसा गरेका थिए | आज जुन क्यालेण्डर सार्वजनिक भयो यो साँच्चै गौरवमय विषय हो | आफ्नो पाठशालामा शिक्षार्जन गरेर पुर्व विधार्थीवर्गलाई गौरवको पात्र बनाएर भावी सन्तानमा परिचय गराउन पाठशाला परिवारको सोंच आदर्श छ | पाठशाला परिवारको यो सोंच र कार्यलाई म हृदयदेखि सम्मान गर्छु भन्दै वाइबाले अन्य विधार्थीवर्गले पनि यस्तो कार्य गर्न पर्ने आह्वान गरिन | आज सरकारी प्राथमिक पाठशालाहरुमा विधार्थी संख्यामा ह्रास एउटा चिन्ताजनक विषय बन्दै गइरहेको छ | जबसम्म विधार्थी संख्यामा बढोत्तरी हुँदैन तबसम्म सरकारी पक्षले शिक्षक दिन नसक्ने तथ्य पनि वाइबाले थप जनाए |
कार्यक्रमलाई पुर्व प्रधान शिक्षकहरु बीबी प्रधान अनि डीएस प्रधान साथै सभाध्यक्ष मदन राईले पनि सम्बोधन गरेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?