कलकत्ता टाटा म्याराथानमा छाए दार्जीलिगंका महिला धावकहरू

Darjeeling runners in Kolkata Mega Tata Steel 25km Marathon
कलकत्ता मेगा टाटा स्टील २५ किमी म्याराथान ३० दौड़मा दार्जीलिगंका ३० जना प्रतियोगीहरूले भाग लिएका थिए। भाग लिन गएका सबै धावकहरूले म्याराथानको क्वालिफाइङ टाइम पूरा गरेर दार्जीलिङ पहाड़को नाम राख्न सफल भएका छन्।
पुरूष धावकहरूले म्याराथान दौड़ पूरा गर्न सक्षम बने भने दुईजना महिला धावकहरूले दुईवटा पदक जित्न समेत सफल बनेका छन्। रक्षान्दा थापाले 2.02.30 समयमा दौड़ पूरा गरेर महिला वर्गमा दोस्रो स्थान ओगट्न सक्षम बनिन् भने 18-24 वर्षीय क्याटोगोरीमा पहिलो स्थानमा आइन् भने छिरीङ ह्लमु भोटियाले 40-44 वर्षीया क्याटोगोरीमा पहिलो स्थान ओगटिन्।

पुरूष वर्गमा आशिष तामाङले 1.33 घण्टामा दौड़ पूरा गरेका थिए भने जोसेफ्स छेत्रीले हाफ म्याराथानमा कूल 10 किमी 35.36 मिनटमा पूरा गरेर पहिलो स्थान ओगट्न सफल बने। अन्य धावकहरू क्रमैले महेश तामाङ, दिपू सिहँ, कर्म छिरीङ, साम्तेन भोटिया, सिद्धार्थ लामा आदिले 2 घण्टामा दौड़ पूरा गरेका थिए।

यसबाहेक सुमन छेत्री, प्रह्लाद रोका, विक्रम राई, सुवास रावत, प्रिमस भोटिया, जतिन छेत्री, नवीन रजाक, हाफिजुल्ला अन्सारी, निमा छिरीङ तामाङ, मनोज गुरूङहरूले पनि इण्डिभिजुअन क्याटोगोरीमा राम्रो प्रदर्शन गरे।

http://www.gafsaff.com

कलकत्ता मेगा टाटा स्टील २५ किमी म्याराथान ३० दौड़मा दार्जीलिगंका ३० जना प्रतियोगीहरूले भाग लिएका थिए। भाग लिन गएका सबै धावकहरूले म्याराथानको क्वालिफाइङ टाइम पूरा गरेर दार्जीलिङ पहाड़को नाम राख्न सफल भएका छन्।

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.