दुईवर्षदेखि शारिक शोषण गरेपछि आफ्नै पिताले छोरीको हत्या गरे

Father rape daughter and killed
कालेबुङ जिल्लाको सुदुरवर्ती एक गाउँमा आफ्नै पिताले 13 वर्षिय नाबालिक छोरीलाई दुईवर्षदेखि शारिक शोषण गरेपछि हत्या गरेको घट्ना प्रकाशमा आएको छ। आरोपी 44 वर्षिय पिताले नाबालिक छोरीको हत्या पछि शवलाई नजिकै दफन समेत गरेका थिए।
उक्त घट्नापछि आरोपी 44 वर्षिय पितालाई पुलिसले पक्राउ गरेको छ। यसका साथै दफन गरेको शवलाई पनि म्याजिस्ट्रेटको उपस्थितिमा निकालेर पोस्टमर्टमको निम्ति नर्थ बेङ्गल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।
प्राप्त जानकारी अनुसार उक्त घट्ना गत 9 दिसम्बरको दिन भएको हो। जानकारी अनुसार घट्ना भएको साँझ नाबालिक छोरी गाउँमा खेलेर रात पर्दा घरमा आइपुगेकी थिइन्। उनी रात परेर घर आएको कारण पितासँग भनावैरी भएको थियो। त्यसै भनावैरीको क्रममा पिताले छोरीको हत्या गरेर शवलाई घर नजिकै दफन समेत गरेको पुलिस सूत्रले बताएका छन्।
आरोपी पिताले नाबालिक छोरीको हत्या अघि दुईवर्षदेखि शाररिक शोषण गर्दै आइरहेको पनि खुलासा भएको छ। घरमा केवल उनीहरू बाबु छोरी मात्र बस्ने गरेको कारण उनले दुईवर्षदेखि शारिरीक शोषण गर्दै आइरहेको आरोपी पिताले स्वीकारेको बताइएको छ। जसको कारण उनी विरुद्ध पुलिसले हत्याको मामिला सँगै नाबालिक दुष्कर्मको मामिला पनि दर्ता गरेको छ। पक्रा परेका आरोपी पितालाई आज कालेबुङ जिल्ला न्यायालयमा पेश गरेपछि 7 दिनको पुलिस रिमाण्डमा पठाइएको छ भने उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा 302, 201,अनि पोक्सो कानुनको आर.डब्ल्यु सेक्सन 6 अन्तर्गत मुद्दा दर्ता गरेको छ।

http://pratibymba.com/

कालेबुङ जिल्लाको सुदुरवर्ती एक गाउँमा आफ्नै पिताले 13 वर्षिय नाबालिक छोरीलाई दुईवर्षदेखि शारिक शोषण गरेपछि हत्या गरेको घट्ना प्रकाशमा आएको छ। आरोपी 44 वर्षिय पिताले नाबालिक छोरीको हत्या पछि शवलाई नजिकै दफन समेत गरेका थिए।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.