फिल्मस्टार गोविन्दा परिवारसितै आइपगे आफ्नो घर दार्जीलिंग

Actor Govinda reached his Home Darjeeling
अभिनेता गोविन्दा दार्जीलिंगको आफ्नो घरअघि
रंगीला राजा चलचित्र सफल भएपछि दार्जीलिङमा पनि चलचित्र सुटिङ गर्न चाहन्छन् बलिवुड अभिनेता गोविन्दा। जसलाई दार्जीलिङ आउन साह्रै खुशी लाग्छ अनि यहाँका जनताको सम्मान र प्रेम पाउँदा गौरव अनुभव गर्छन्। आफ्नी पत्नी सुनिता र छोरा यश वर्धनसित दार्जीलिङ आएका गोविन्दा दार्जीलिङको गान्धी रोडस्थित आफ्नो घरमा छन्। जसले आज पत्रकारहरूसित कुराकानी गर्दै आफूलाई दार्जीलिङ आउँदा साह्रै खुशी लाग्ने गरेको बताए।


उनले भने-मेरो पहिलो प्रेम नेपाली छोरी हुन्। यसैले उनकै सल्लाहमा हामीले दार्जीलिङमा घर बनाएका हौं। जहाँ केही वर्ष बिराएर आउने गरेका छौं। दार्जीलिङले मलाई जुन माया र सम्मान दिन्छ, त्यसको लागि दार्जीलिङवासी जनतालाई धन्यवाद दिन चाहन्छु। यसैले मेरो आगामी केही समय रिलीज हुने चलचित्र रंगीला राजा सफल भए अर्को चलचित्र दार्जीलिङमा सुटिङ गर्न चाहन्छु। ताकि यहाँबाट पनि धेरै कलाकारहरूले मौका पाउऩ सकोस् अनि उनीहरूले पनि बलिवुडमा आफ्नो भाग्य अज्माउन सकुन्।

स्मरण गराइन्छ, गोविन्दा र सुनिताले 8-9 वर्षअघि दार्जीलिङमा नै घर निर्माण गरेका छन्, जहाँ उनीहरू केही वर्ष बिराउँदै आउने गरेका छन् अनि केही समय यहाँ बिताएर पुनः मुम्बई फर्किन्छन्। यसै क्रममा दुइ दिनअघि मात्रै दार्जीलिङ आएका गोविन्दासित एक प्रश्‍न गर्दा उनले राजनीतिबाट बाहिर आएपछि केही समयसम्म चलचित्र पाउन नै गाह्रो परेको पनि बताए। जसले अबउसो पुनः राजनीतिमा नफर्किने पनि संकल्प गरेका छन्। वर्ष 2004-देखि 2009-सम्म संसद सदस्य रहेका गोविन्दा पुनः राजनीतिमा आउन चाहँदैनन्।

उनले भने-राजनीतिबाट बाहिर आउन मलाई 9-10 वर्षको समय लाग्यो, त्यसैले अब पुनः राजनीतिमा जाने कुरै आउँदैन। लगभग 30 वर्षको अवधिमा 165 वटा चलचित्रमा अभिनय गरिसकेका गोविन्दाले स्वर्ग, आँखे, बडे मियां छोटे मियां, कुली नम्बर 1 जस्ता सफल चलचित्रहरूमा अभिनय गरिसकेका छन्। जुन चलचित्रहरू प्रायः नै प्रत्यक्ष-परोक्ष रूपले दक्षिणको चलचित्रसित जोडिएको बताए। उनले भने-दक्षिणमा चलचित्र अभिनेताहरूलाई धेरै सम्मान हुन्छ अनि त्यहाँ व्यवसाय पनि राम्रै हुने गरेको छ। यसैले मलाई पनि दक्षिणको चलचित्र जगतसित जोडिरहन चाहन्छु।

Pratibymba.com/

रंगीला राजा चलचित्र सफल भएपछि दार्जीलिङमा पनि चलचित्र सुटिङ गर्न चाहन्छन् बलिवुड अभिनेता गोविन्दा। जसलाई दार्जीलिङ आउन साह्रै खुशी लाग्छ अनि यहाँका जनताको सम्मान र प्रेम पाउँदा गौरव अनुभव गर्छन्।

Read latest post filed under regional news, TV movie

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.