Mall Road shop to shift at Popular pharmacy building Darjeeling

माल रोड खुल्ला राख्न दोकानदारहरूलाई पपुलर फार्मेसी बिल्डिङमा सार्ने

दार्जीलिङ नगरपालिकाले चौरास्ता मल रोडमा रहेका दोकानदारहरूलाई शीघ्रै एनबी सिंह रोडस्थित पपुलर फार्मेसी बिल्डिङको माथिल्लो तलामा सार्ने योजना बनाएको छ।जुन बिल्डिङको माथिल्लो दुइतला पूर्णरूपले खाली छन्।यी दुइतलामा जाने सिँडीको असल ढङ्गले निर्माण भएपछि मल रोडका दोकानदारहरूलाई सारेर मल रोडलाई खुल्ला बनाउने योजना बनाएको दार्जीलिङ नगरपालिका अध्यक्षा प्रतिभा तामाङले जनाइन्।
विनय तामाङपन्थी गोजमुमोले दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गरेको एक वर्ष पूर्ण गरेको अवसर पारेर नगरपालिका अध्यक्षा तामाङले भनिन्-एक वर्षको अवधिमा हामीले के-कति विकासका कार्यहरू गर्यौं, त्यसको मूल्यांकन शहरवासी जनताले नै गरेको उचित हुनेछ।तरै पनि हामीले आफ्नो प्रयास जारी राखेका छौं अनि आगामी दिनमा धेरैवटा विकासका कार्यहरू गर्ने योजना बनाएका छौं। जसमध्ये एउटा हो मल रोडलाई पहिला जस्तै खुल्ला बनाउने।हाल मल रोड परिसरमा दोकानदारहरूको संख्या व्यापक मात्रामा बढेको छ। यसैले दार्जीलिङ नगरपालिकाको रेकर्डमा जसको नाम पञ्जीकृत छ, उनीहरूलाई मात्रै मल रोडबाट पपुलर फार्मेसीको बिल्डिङमा सारिनेछ। के अन्यलाई त्यहाँबाट हटाइनेछ? भन्ने प्रश्‍नको उत्तरमा उनले भनिन्-यदि यसमाथि मेरो व्यक्तिगत निर्णय हुनु हो भने हटाउनुपर्छ। तरै पनि यसमाथि नगरपालिका बोर्डको एक बैठक गरेर अन्तिम निर्णय लिइनेछ।
यसका साथै उनले कुनै पनि राजनैतिक पार्टी वा संघ-संस्थाहरूलाई नगरपालिकामा पञ्जीकृत नभएका दोकानदारहरूको पक्षमा खडा नभइदिने अपील गरेकी छन्। यसरी नै उनले दार्जीलिङ नगरपालिकाको आगामी योजनाहरूमा दार्जीलिङको पुरानो सुपर मार्केटलाई पूर्णरूपले मरम्मति गर्ने, बाहिर रहेका गोरूको मासु दोकानहरूलाई व्यारेक मार्केटभित्र सार्ने, माछा दोकान रहेको भवनलाई भत्काएर 4 तले बिल्डिङ बनाउने, जसमध्ये एक तलामा माछा, अर्कोमा कुखुरा, अन्यमा भैंसी साथै अन्य मासुको लागि स्थान दिने योजना बनाएको पनि बताइन्। उनले भनिन्-दार्जीलिङको पुरानो सुपर मार्केटलाई भत्काइनेछैन। तर यसको छप्परदेखि भुइँतलासम्म नै मरम्मति गरिनेछ। जसको लागि 1 करोड 8 हजार रूपियाँ बराबरको परियोजना तयार पारिएको छ। स्मरण गराइन्छ, विगत केही वर्षअघि पुरानो सुपर मार्केटलाई भत्काएर नयाँ बनाउने घोषणा हुँदा यस मार्केटका दोकानदारहरूले कठोर विरोध जनाएका थिए।

http://pratibymba.com/

दार्जीलिङ नगरपालिकाले चौरास्ता मल रोडमा रहेका दोकानदारहरूलाई शीघ्रै एनबी सिंह रोडस्थित पपुलर फार्मेसी बिल्डिङको माथिल्लो तलामा सार्ने योजना बनाएको छ।जुन बिल्डिङको माथिल्लो दुइतला पूर्णरूपले

Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.