गोरामुमोले जनाधार नभएको पार्टीसित झण्डा र सिद्धान्त बेचेको एनबी खवासले आरोप लगाए

NB Khawas TMC leader
गोरामुमोले पहाडमा जनाधारै नभएको पार्टीसित आफ्नो पार्टीको झण्डा र स्व. सुवास घिसिगंको सिद्धान्त बेचिरहेको छ। उक्त आरोप हिल तृणमूल कंग्रेसका नेता एनबी खवासले लगाएका हुन्।आज लोधोमा बजारमा  गोजमुमो अध्यक्ष एवं  निर्दलीय प्रार्थी विनय तामागंको चुनावी प्रचार सभामा बोल्दै उनले यसो भनेका हुन्।
सुवास घिसिगं जीवित रहँदा गोर्खा जाति अनि पार्टीको हितमा बिना शर्त तत्कालीन तृणमूल प्रार्थी भाइचुगं भोटियालाई विधानसभा चुनाउमा समर्थन जनाएको उल्लेख गर्दै खवासले आज पहाडमा जनाधार नै नभएको पार्टीसित गोरामुमोका नेताहरूले पार्टीको झण्डा अनि सुवास घिसिगंको सिद्धान्त बेचेको आरोप लगाए।
यदि आज सुवास घिसिगं जीवित भएको भए एनआरसीको विरोध गर्थे। गोर्खाहरूमाथि एनआरसीको सकंट आउनै दिदैन थिए। तर अहिले गोरामुमोका नेताहरूले सुवास घिसिगंको उक्त सिद्धान्तलाई बेचिरहेका छन्। उनीहरूले उल्टै एनआरसीकै पक्षमा बोलिरहेका छन्, पथसभालाई सम्बोधन गर्दै खवासले यसो भने।
निर्दलीय प्रार्थी विनय तामाङ नै सही अनि योग्य प्रार्थी रहेको पनि खवासले बताए।विनय तामाङ विधायक भएको खण्डमा उनलाई राज्य सरकारको तर्फबाट क्याबिनेट मन्त्रीसम्मको दर्जा प्रदान गर्ने भएकोले पनि पहाड़वासीले तामाङलाई जिताउँदा धेरै उपलब्धि हासिल हुने पनि खवासले बताए। विनय तामाङले 17 वर्षको अन्तरालमा जुन प्रकारले दार्जीलिङ पहाड़को विकास अनि व्यवस्थापन गरेका छन् यसको आधारमा हेर्नु हो भने त उनले भोट माग्नु पनि पर्ने होइन, जनताले उनको योगदान बुझेर नै भोट दिनुपर्ने हो, खवासले यसो पनि भने।

http://pratibymba.com/

गोरामुमोले पहाडमा जनाधारै नभएको पार्टीसित आफ्नो पार्टीको झण्डा र स्व. सुवास घिसिगंको सिद्धान्त बेचिरहेको छ। उक्त आरोप हिल तृणमूल कंग्रेसका नेता एनबी खवासले लगाएका हुन्।आज लोधोमा बजारमा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.