विधान सभा उपचुनाव प्रचारको अन्तिम दिन विनय तामांगले यस्तो प्रतिबद्धता देखाए

Binay Tamang addressing people from Darjeeling MLA Election Campaign
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आफू दार्जीलिङ विधानसभाको उपचुनाउमा जीत हासिल गरेर विधानसभा गएको खण्डमा दार्जीलिङ पहाडका 31 वटा समस्यालाई 23 महीनाको अवधिमा समाधान गरेर देखाउने दावी गरेका छन्। जसमा पर्जा-पट्टाको मुद्दालाई वर्ष 2020-भित्र समाधान गर्ने, चियाश्रमिकहरूलाई वर्ष 2017 पहाड बन्दावधिको रोजी 2 देखि अडाई महीनाभित्र दिलाउने, पहाडका बन्द चियाबगानहरू 1 वर्षभित्र खोलाउने, बिजनबारी खण्डलाई डेढ वर्षभित्र महकुमाको दर्जा दिलाउने, यस्तै समयभित्र कालेबुङ जिल्लामा तीनवटा महकुमा बनाउने विषयहरू सामेल रहेको आज उनले घोषणा गरे।
 
दार्जीलिङ विधानसभा उपचुनावको निम्ति अन्तिम चुनाव प्रचारको दिन आज गोजमुमो अध्यक्ष एवम् निर्दलीय प्रार्थी विनय तामाङको पक्षमा चुनावी जनसभा सम्पन्न भएको थियो। यस अवसरमा जनताको भीड ओर्लिएको थियो। सोही चुनावी जनसभालाई सम्बोधन गर्दै निर्दलीय उम्मेद्वार विनय तामाङले आफु जनताको पक्षमा काम गर्न मैदानमा ओर्लिएको जनसेवक रहेको समेत बताएका छन्।
यसक्रममा उनले विगत गोर्खाल्यान्ड आन्दोलनकालको बाँकी बिजुलीको बीललाई हटाउनको लागि पनि 2 देखि 3 महीनाभित्र अर्डर जारी गर्न लगाउने, दार्जीलिङ नगरपालिकालाई डेढ वर्षभित्र नगरनिगम (महानगरपालिका)-को दर्जा दिलाउने, दार्जीलिङ पहाडको मोठ 857 किलोमिटरको बाटो वा सडक मार्गलाई 2 वर्षभित्र पूर्णरूपले मरम्मति वा पुनः निर्माण गरिसक्ने, सुकेपोखरी र सोनादालाई डेढ वर्षभित्र नगरपालिकाको दर्जा दिलाउने, दार्जीलिङ पहाडी इलाकामा रहेका सरकारी कार्यालय साथै जीटीएका कार्यालयहरूमा रहेका रिक्त पदहरू डेढ वर्षभित्र पूर्ण गरिदिने, मृतक कर्मचारीहरूका 301 जना उत्तराधिकारीहरूलाई 3 देखि 4 महीनाभित्र नियुक्ति प्रदान गर्ने, डेढ वर्षभित्रै दार्जीलिङ पहाडलाई ट्याक्समुक्त क्षेत्र घोषणा गर्न लगाउने जस्ता वचन पनि दिएका छन्।
 
उनले आफ्नो चुनावी घोषणा पत्रमा यी समस्याहरूको उल्लेख गरेको जसमध्ये 16 वटा समस्या समाधानको लागि पहल भइरहेको पनि जानकारी गराए। ‘हामी जुन काम गर्नसक्छौं, ती विषयहरूलाई मात्रै यो विधानसभा उपचुनाउको घोषणा पत्रमा सामेल गरेका छौं। किनभने, विधानसभादेखि पञ्चायतको चुनाउसम्मका चुनावी घोषणा पत्रहरूमा अलग राज्य गोर्खाल्यान्डको कुरा उल्लेख गर्नु उचित होइन। यसैकारण गत लोकसभा चुनाउको समय गोजमुमो समर्थित तृणमूल कंग्रेस उम्मेद्वार अमरसिंह राईको चुनावी घोषणा पत्रमा हामीले गोर्खा जातिको राष्ट्रिय परिचय र सुरक्षाको मुद्दालाई सामेल गरेका थियौं। किनभने, गोर्खा जातिको राष्ट्रिय चिन्हारी र सुरक्षाको लागि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले वचन दिएकी छन् अनि यो मुद्दा केन्द्र सरकारसित सम्बन्धित रहेको कारण हामीले चिन्हारीको कुरालाई लोकसभा चुनाउको समय उठाएका हौं अनि आफ्नो घोषणा पत्रमा पनि सामेल गरेका थियौं। यसैले यस विधानसभाको उपचुनाउमा राज्यसित सम्बन्धित अनि राज्य सरकारले गर्नसक्ने र दिनसक्ने मुद्दा वा मागहरूलाई नै आफ्नो घोषणा पत्रमा सामेल गरेका हौं’ विनय तामाङले भने।
यसरी नै गोजमुमो अध्यक्ष तामाङले दार्जीलिङ पहाडमा ग्रामीण पर्यटनलाई विकसित तुल्याउने, स्पोर्टस् एकाडेमी स्थापना गर्ने, विभिन्न स्थानमा अग्निशमन केन्द्रको स्थापना गर्ने पनि वचन दिएका छन्। यसै जनसभालाई सम्बोधन गर्दै गोजमुमो महासचिव अनित थापाले गोजमुमोले यथार्थको राजनीति गरिरहेको बताए। उनले विगतमा नेताहरूले जनतालाई भावनाको राजनीतिमा बहकाएर केवल ढाँटेको आरोप लगाए। उनले भने-गोर्खा जाति वा दार्जीलिङ पहाडका जनताको आवाजलाई कलकत्तामा गुञ्जाउऩको लागि नै गोजमुमो अध्यक्ष विनय तामाङले जीटीएको चौकी त्यागेको बताए।
 
 http://www.gafsaff.com

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आफू दार्जीलिङ विधानसभाको उपचुनाउमा जीत हासिल गरेर विधानसभा गएको खण्डमा दार्जीलिङ पहाडका 31 वटा समस्यालाई 23 महीनाको अवधिमा समाधान गरेर देखाउने दावी गरेका छन्।

Read latest post filed under Election, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.