भोलि मङपुमा दिपक बज्रचार्य र माउन्टेन सोलको प्रस्तुति हुने

Deepak Bajracharya and The Mountain Soul band in Mungpoo
हिमालय सेवा सदन लोहापुल राजमार्ग १०का युवाहरुले हालमा धेरै नै समाजिक कार्यक्रमहरु जस्तै सफाई अभियान निशुल्क चिकित्सा जाँच शिविरहरुको आयोजना गर्दै आईरहेका छन् | यस पल्ट पनि आईतबार १२ मईको दिन भब्य संगीतमय कार्यक्रम समर म्युजिक फेस्टको साथमा नि:शुल्क चिकित्सा जाँच  शिविर मङपु जनमैदानमा गरिने जानकारी संस्थाको पक्षमा उत्तम राईले दिएका छन् | भोलि आइतबारको दिन  दिउसो ११ बजे देखि हिमालयन सेवा सदनको आयोजनमा ख्यातिप्राप्त ब्याण्ड माउनटेन शोल,नेपालका प्रतिष्ठित गायक दीपक बज्राचार्य, नेपालका हास्यकलाकार सुबोध गौतम, दार्जीलिङ,कलेबुङ र खरसंगका  कलाकारहरुले संगीतमय कार्यक्रम प्रस्तुत गर्ने भएको छ | उक्त स्वास्थ्य जाच शिविरमा  सिलगडीबाट आँखा डक्टर अनि सिक्किमबाट फिजिसियन डाक्टरहरु आउने भएकोले सबैले नि:शुल्क रुपमा आँखा जाच अनि  स्वस्थ्य जाच गराउन सक्नेछन् | उक्त सगीतमय कार्यक्रम अनि निशुल्क स्वास्थ्य जाच शिविरमा आयोजक समिति सबै सबैलाई हार्दिक स्वागत गरेको छ ||

हिमालय सेवा सदन लोहापुल राजमार्ग १०का युवाहरुले हालमा धेरै नै समाजिक कार्यक्रमहरु जस्तै सफाई अभियान निशुल्क चिकित्सा जाँच शिविरहरुको आयोजना गर्दै आईरहेका छन् | यस पल्ट पनि आईतबार १२

Read latest post filed under mungpoo news, music

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.