दार्जीलिंगमा महिलाको पेटबाट निकालियो १० केजीको ट्युमर

Doctor Samir Sharma in Darjeeling extract 10 kg of Tumour
दार्जीलिंगको एक महिलाको पेटबाट १०.२ केजीको टिउमर (सिस्ट) निकालियो | खबर दार्जीलिंग गिङ चिया बगानकी ५४ वर्षीय महिला मनमति गुरुङको हो जो गत ३० अप्रेलको दिन ओभरियन सिस्ट ओपरेशनको निम्ति यहाँको युमा नर्सिङ होममा भर्ना गरिएको थियो | डा० समीर शर्मा जसले आफ्नो सल्यक्रियाबाट सफलता पुर्वक महिलाको शरीरबाट उक्त सिस्ट निकालेर बिरामीलाई स्वास्थ्य घर फर्काएको छ | 
10 kg tumour extract from Manmati gurung of Ging tea Estate
ओपरेशनपछि डाक्टर शर्मा मनमती गुरुङसित

“मैले सोंचेको थियो यो सिस्ट ३ देखि चार केजीभित्रमा हुन सक्छ | तर जब ओपरेशन गरियो तब १०.२ केजीको सिस्ट निस्कंदा म स्वय चकित बने | यो मेरो १४ वर्षको अनुभवमा पहिलो हो “ डा० शर्माले भने |

गत १ मईको दिन अपरेशन गरि सोमबार सुस्वास्थ्य घर फर्केकी मनमती भन्छिन् – जब मेरो ओजन घट्दै गइरहेको थियो तब परिवार अनि गाउँलेहरुले डाक्टरलाई देखाउने सुझाव दिइरहेका थिए | त्यसैले सिलिगुडीका एक डाक्टरले मेरो पेटभित्र सानो ट्युमर छ चाडो ओपरेशन गर्नु भनेका थिए | मा घरको सबै कामहरु गर्थे तर कुनै असजिलो र दु:खाई अनुभव थिएन | मेरो ओजन घट्दै गए पनि पेट भने बढ्दै गइरहेकोले मैले दार्जीलिंगमा डाक्टर देखाउन गए |
डाक्टरको शर्माको भनाई अनुसार बिरामी जँचाउन आउँदासम्म उनी ठिकै थिए | ओजन घटिरहेका थिए अनि पेट बढ्दै थिए यसैले पेट भित्रका अन्य अंगहरु जस्तै लिवर, किड्नीहरुलाई पनि खतरा हुनसक्ने भएकोले ओपरेशन गर्न आवश्यक रहेकोले ओपरेशन गरियो साथै तिनी महिनादिन भित्रमा पूर्णरुपले ठिक हुने आशा व्यक्त गरेको बताएका छन् ||

दार्जीलिंगको एक महिलाको पेटबाट १०.२ केजीको टिउमर (सिस्ट) निकालियो | खबर दार्जीलिंग गिङ चिया बगानकी ५४ वर्षीय महिला मनमति गुरुङको हो जो गत ३० अप्रेलको दिन ओभरियन सिस्ट ओपरेशनको निम्ति यहाँको युमा नर्सिङ होममा भर्ना गरिएको थियो |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.