विगत वर्ष झैं यसपल्ट पनि लाब्दा विभाग स्थित सार्वजनिक भवन कार्की डाँडामा सप्तदिनव्यापी श्रीमद भागवत महापुरण आजदेखि शुभआरम्भ भएको छ | आज उद्घाटनी कार्यक्रममा बिहान नजिकैको शिव मन्दिरको दर्शन गर्दै यहीं मुहान फुटेको धाराबाट कलशमा पानी भरेर कलश यात्रा शुरु गरिएको थियो | जुन यात्राले यहाँको दोङाङ छ्योइलिङ गुम्बाको परिक्रमा गरेर नालीडाँडा नजिकसम्म पुगी पुन: महापुराण स्थलमा आइ समापन गरेपछि अन्य कार्यक्रमहरुको शुभआरम्भ भएको थियो | आयोजक समितिका सभापति अनि सचिवद्वय पवन राई अनि प्रणय राईले बताए अनुसार आज ५ मईको दिन शुरु भएको महापुराण आगमी ११ मईसम्म रहनेछ जसमा हरेक दिन बिहान ६ बजेदेखि ११ बजे सम्म पुजा अर्चना, अपरान्ह १२:३० देखि ४:३० बजेसम्म कथा वाचन अनि साँझ ६ बजेदेखि ८ बजेसम्म सिक्किम, कालेबुंग अनि स्थानीय भजन कलाकारहरुबाट संगीतमय भजनको प्रस्तुति रहनेछ | यस धार्मिक कार्यक्रममा पुल पाठ वासुदेवाय भट्टराई सिक्किमको रहनेछ भने कथावाचक दिवाकर अधिकारी कलेबुंग उपस्थित रहनेछ | यसै अवसरमा आयोजक समितिले सम्पूर्ण धर्मावलम्बी अनि भक्तजनहरुमा हरेक दिनको कार्यक्रममा उपस्थित भइ पुण्यको कर्ममा साक्षी बन्ने हार्दिक निमन्त्रण पनि गरेको छ ||
लाब्दामा कलश यात्रा गर्दै शुरु भयो श्रीमद् भागवत महापुराण
05May2019
Post a Comment