बन्दुक उठाउने क्रान्तिकारीले उठाए कलम र लेखे- हाउ गोर्खाल्याण्ड?//मोर्चाले उम्मेद्वार दिए कंग्रेसले नदिने //अजय दाहालको प्रश्नः हाउ गोर्खाल्याण्ड? आन्दोलनभित्रको अन्तरविरोधहरूको पर्दाफास

बन्दुक उठाउने क्रान्तिकारीले उठाए कलम र लेखे- हाउ गोर्खाल्याण्ड?




मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 16 मार्च।  
बन्दुकले मात्र छुट्टै राज्य बनाउन सकिने कुरामा विश्वास राख्ने क्रान्तिकारी नेता अजय दहालको विश्वास अब बन्दुक होइन कलमसित छ। एकपल्ट बन्दुक बोकेर आन्दोलन गर्न जङ्गल पस्ने अजय दाहाल अहिले कलम बोकेर पाठकअघि उत्रिसकेका छन्‌। तिनले आज आफ्नो दोस्रो पुस्तक हाउ गोर्खाल्याण्ड-सार्वजनिक गरे। ह्वाइ गोर्खाल्याण्ड भन्दै दिल्ली गुञ्जाइए पनि आन्दोलनकारीहरूबीचको अन्तरविरोधको कारण कोही पनि शिक्षित बनेको देखिएन। यसैकारण अब ह्वाइ होइन हाउ गोर्खाल्याण्ड-को परिस्थिति बनिसकेको छ। यसै कुरालाई आत्मसात गर्दै अजय दाहालले अब व्हाई होइन हाउ गोर्खाल्याण्ड-को विचारलाई पुस्तककोरूपमा अघि सारेका छन्‌। 

व्हाई गोर्खाल्याण्ड? अहिलेसम्म छुट्टै राज्य माग्नेहरूले यही प्रश्न सोध्दै जनमुद्दालाई प्रतिनिधित्व गरिरहेका छन्‌ तर युवा क्रान्तिकारी नेता अजय दाहालले अब ह्वाइ होइन हाउ गोर्खाल्याण्ड भन्दै कसरी छुट्टैराज्य स्थापित गर्न सकिन्छ भन्ने विचारलाई सार्वजनिक गरेका छन्‌। एकसमय सशस्त्ररूपले मात्र गोर्खाल्याण्ड हुनसक्छ भन्ने कुरामा विश्वास राख्दै युजिआरएफ गठन गर्ने अनि जङ्गल पसेर आन्दोलन गर्ने अजय दाहाल अहिले आन्दोलनकारीहरूमा रहेको रणनैतिक चेतना र आन्दोलनको रूपरेखा, कार्यशैलीहरूले उपार्जन गरेका अन्तरविरोधहरूलाई शिक्षाकोरुपमा पस्कन सक्षम बनेका छन्‌। आन्दोलनको क्रममा जेलयात्रासमेत तय गर्ने क्रान्तिकारी नेता अजय दाहाललाई आन्दोलन गर्न अघि आन्दोलनको इतिहास, यसभित्रका चलखेल र आन्दोलनको सही मूल्यबारे सबैलाई शिक्षित गराउन अहिले पुस्तक लेखनमा सक्रिय छन्‌। 

तिनले यस अघि मिशन गोर्खाल्याण्ड नामक पुस्तक प्रकाशित गरिसकेका छन्‌ भने आज जगन्नाथ भवनमा क्रान्तिकारी नेता आर.बी. खतिवड़ा, पदम राई ललित गोलेको हातबाट दोस्रो पुस्तक हाउ गोर्खाल्याण्ड, गोर्खाल्याण्ड सन्दर्भ अन्तरविरोधहरूको संजालहरूको विश्लेषण-को विमोचन गरे। मुख्य अतिथिकोरूपमा उपस्थित आर्.बी खतिवाड़ाले पुस्तकलाई आन्दोलन र यसलाई सञ्चालन गर्नेहरूको ईमान्दारिता जोख्ने मूल अस्त्र मान्दै भने, मुद्दा एउटै भए पनि विभिन्न सङ्गठनहरूले आ-आफ्नै तरिकाले यसलाई सम्बोधन गर्ने कार्यको फलस्वरूप यतिविघ्न अन्तरविरोधहरू जन्मिएका छन्‌, जसलाई केलाउनको निम्ति सबै एक ठाउँमा नआए अनि आन्दोलनलाई विथोल्न चालिने विरोधीहरूको चलखेललाई सबैले एकसाथ नबुझे छुट्टैराज्य सम्भव नै छैन। 

पुस्तक विमोचनको कार्यक्रममा विभिन्न राजनैतिक सङ्गठनहरूका नेतृत्वको पनि उपस्थिति थियो।  क्रामाकपा, गोजमुमो, गोरानिमो, कंग्रेस, गोर्खालीग, सीपीआईएमएल जस्ता राजनैतिक सङ्गठनका प्रतिनिधिहरू मात्र नभएर समाजका वरिष्ट नागरिकहरूको उपस्थिति तान्न दाहाल सक्षम बनेका थिए। दाहालले भने, आन्दोलन गर्न जङ्गल पसियो, धेरै के के भयो। पक्रा पनि परियो अनि जेल पनि बसियो तर आन्दोलनको निम्ति मैले भन्न पर्ने कुरा भनिसकिएको थिएन। जनसभा गरेर, भेटेर कुरा राख्न अस्मभव थियो। यो परिस्थितिले मलाई लेखन क्षेत्रमा तान्यो। तिनले सबैलाई एकसाथ सम्बोधन गर्दै भने, कति जङ्गलमा, कति ओड़ारमा बसेर लेखिएको एकबोरा विचारहरूलाई तिनोटा पुस्तक बनाएको छु। दुइवटा प्रकाशमा आइसक्यो अब एउटा बॉंकी छ। 

तिनले साहित्यले नै विचार निर्माण गर्ने कुरामा आफ्नो विश्वास रहेकोले अहिले पुस्तक लेखन र यसको प्रकाशनमा अग्रसर रहेको तिनले जनाए। क्रामाकपाका महासचिव तारामणि राई, गोजमुमोका संस्थापक सदस्यहरू विजय सुन्दास, नोर्देन लामा, गोर्खालीगका त्रिभुवन राई, गोरानिमोका अध्यक्ष दावा पाखरिन, बुद्धिजीबी अरूण आचार्य, नाटककार ललित गोलेले पनि कार्यक्रमलाई सम्बोधन गरे। सबैले दलहरूबीचको अन्तर विरोधहरू केलाएर सामुहिकरूपले मुद्दालाई सम्बोधन गर्नुपर्ने अनि यदि सामिुहिकरूपले गर्न सक्दैन भने एउटै मुद्दालाई प्रतिनिधित्व गर्नुपर्ने आजको आवश्यकता रहेको जनाए। दावा पाखरिनले भने, गोजमुमोले अहिले सर्वदलीय सभाको आयोजना गर्ने भएको छ, जो नितान्तै समय सान्दर्भिक र बुद्धिमानी कार्य भएको छ। तारामणि राईले भने, भइरहेको आन्दोलनलाई केलाइनुपर्ने अनि भएका भूलहरूबाट नयॉं रणनीति तयार पार्ने संस्कार हुर्कन बॉंकी छ। अजय दाहालले विचार निर्माणको निम्ति जुन पुस्तक तयार पारे यसको क्रम निरन्तर होस्‌। ललित गोलेले भने, बन्दुक उठाउने हातले कलम उठाएको छ, जो समय सापेक्ष रहेको छ।

मोर्चाले उम्मेद्वार दिए कंग्रेसले नदिने 


मनोज बोगटी, कालिमन्युज, 
कालेबुङ, 16 मार्च। 
मोर्चाले उम्मेद्वार दिए कंग्रेसले नदिने भएको छ भने मोर्चाले उम्मेद्वार नदिए कंग्रेसलाई सघाउने अपील गरिने हिल कंग्रेसका अध्यक्ष के.बी छेत्रीले जनाएका छन्‌। 18 मार्चको दिन यता मोर्चाले सबैदललाई बैठकमा बोलाएको छ। सबै बसेर विधानसभा चुनाउबारे महत्वरूपूर्ण निर्णय गर्न मोर्चाले पहल चालिसकेको छ भने उता बृहत दल रहेकोले मोर्चासित विभिन्न दलहरूको भेटघाटको कार्यक्रम पनि निरन्तर रहेको सूत्रले बताएको छ।

हिल कंग्रेसको एक टोलीले पनि कुमानीमा विमल गुरूङसित भेटघाट गरेको थाहा लागेको छ। चुनाउमा कंग्रेसलाई उम्मेद्वारलाई विजयी बनाउने सम्बन्धमा कुराकानी भए पनि मोर्चा र कंग्रेसबीच गोर्खाल्याण्डको सवाललाई लिएर सम्झौताको परिस्थिति बनेको सूत्रको रिपोर्ट छ। 

यता मोर्चाले सबै दललाई बैठक बोलाएकोले कंग्रेस मोर्चाको यही बैठकलाई हेरेर बसेको हिल कंग्रेसका अध्यक्ष केबी छेत्रीले जनाएका छन्‌। विश्वस्त सूत्रद्वारा थाहा लागे अनुसार कंग्रेसले दार्जीलिङ क्षेत्रको तिनोटा आसनको निम्ति आफ्ना उम्मेद्वारहरू तयार पारिसकेको छ। उनीहरूमा खरसाङबाट सरोज खत्री, दार्जीलिङबाट हेम राई अनि कालेबुङबाट शान्ति शर्मा रहेका छन्‌। 

यसबारे प्रश्न गर्दा छेत्रीले आफूहरूले डीसीसीमा आफ्ना उम्मेद्वारको नाम छनौट गरेर पठाइसकेको स्पष्ट पारे। तर तिनले भने, 17 तारिक नै हाम्रा उम्मेद्वारहरूको नाम अघि आउन सक्छ। यदि मोर्चाले कोही पनि उम्मेद्वार दिन्छ भने हामी हाम्रो उम्मेद्वार नदिन पनि सक्छौं।  मोर्चाले दिएन भने हामीले मोर्चालाई कंग्रेसलाई सघाउने कुरामा अपील पनि गरेका छौं। विश्वस्त सूत्रद्वारा थाहा लागे अनुसार कंग्रेसले मोर्चाका प्रतिनिधिहरूलाई कुमानीमा नै पुगि भेटघाट गरिसकेको छ। 

कंग्रेसलाई सघाउनको निम्ति मोर्चासित कुरा राखिए पनि मोर्चापक्षबाट जबसम्म कंग्रेसले गोर्खाल्याण्डको निम्ति स्पष्ट कुरा राख्दैन तबसम्म यसबारे सोंच्न नसक्ने कुरा राखिएको जानकारी पाइएको छ। कंग्रेसका प्रतिनिधिहरूले दिल्लीका कंग्रेसी नेताहरूको मुखबाट गोर्खाल्याण्डमाथि स्पष्ट कुरा नराखेसम्म यसपल्ट विधानसभा चुनाउमा मोर्चा मात्र होइन कुनै पनि दलले सघाउने कुरा आउन सक्ने सम्भावना देखिएको छैन। यता 18मा सबै दलले विधानसभा उम्मेद्वारमाथि कुरा खुलस्त गर्नसक्छ। कंग्रेस मोर्चा लगयात सबै दलले सघाउनसक्ने आशामा बसेको छ।  

अजय दाहालको प्रश्नः हाउ गोर्खाल्याण्ड? आन्दोलनभित्रको अन्तरविरोधहरूको पर्दाफास



मनोज बोगटी, कालिमन्युज, 
कालेबुङ, 16 मार्च।  एक समयको क्रान्तिकारी अनि उग्रवादी नेताकोरूपमा चिनिएका अजय दाहालले अब व्हाई होइन हाउ गोर्खाल्याण्ड-को विचारलाई पुस्तककोरूपमा अघि सारेका छन्‌। व्हाई गोर्खाल्याण्ड? अहिलेसम्म छुट्टै राज्य माग्नेहरूले यही प्रश्न सोध्दै जनमुद्दालाई प्रतिनिधित्व गरिरहेका छन्‌ तर युवा क्रान्तिकारी नेता अजय दाहालले अब ह्वाइ होइन हाउ गोर्खाल्याणअड भन्दै कसरी छुट्टैराज्य स्थापित गर्न सकिन्छ भन्ने विचारलाई सार्वजनिक गरेका छन्‌। एकसमय सशस्त्ररूपले मात्र गोर्खाल्याण्ड हुनसक्छ भन्ने कुरामा विश्वास राख्दै युजिआरएफ गठन गर्ने अनि जङ्गल पसेर आन्दोलन गर्ने अजय दाहाल अहिले आन्दोलनकारीहरूमा रहेको रणनैतिक चेतना र आन्दोलनको रूपरेखा, कार्यशैलीहरूले उपार्जन गरेका अन्तरविरोधहरूलाई शिक्षाकोरुपमा पस्कन सक्षम बनेका छन्‌। 

आन्दोलनको क्रममा जेलयात्रासमेत तय गर्ने क्रान्तिकारी नेता अजय दाहाललाई आन्दोलन गर्न अघि आन्दोलनको इतिहास, यसभित्रका चलखेल र आन्दोलनको सही मूल्यबारे सबैलाई शिक्षित गराउन अहिले पुस्तक लेखनमा सक्रिय छन्‌। तिनले यस अघि मिशन गोर्खाल्याण्ड नामक पुस्तक प्रकाशित गरिसकेका छन्‌ भने आज जगन्नाथ भवनमा क्रान्तिकारी नेता आर.बी. खतिवड़ा, पहम राई ललित गोलेको हातबाट दोस्रो पुस्तक हाउ गोर्खाल्याण्ड, गोर्खाल्याण्ड सन्दर्भ अन्तरविरोधहरूको संजालहरूको विश्लेषण-को विमोचन गरे। मुख्य अतिथिकोरूपमा उपस्थित आ.बी खतिवाड़ाले पुस्तकलाई आन्दोलन र यसलाई सञ्चालन गर्नेहरूको ईमान्दारिता जोख्ने मूल अस्त्र मान्दै भने, मुद्दा एउटै भए पनि विभिन्न सङ्गठनहरूले आ-आफ्नै तरिकाले यसलाई सम्बोधन गर्ने कार्यको फलस्वरूप यतिविघ्न अन्तरविरोधहरू जन्मिएका छन्‌, जसलाई केलाउनको निम्ति सबै एक ठाउँमा नआए अनि आन्दोलनलाई विथोल्न चालिनेे विरोधीहरूको चलखेललाई सबैले एकसाथ नबुझे छुट्टैराज्य सम्भव नै छैन। पुस्तक विमोचनको कार्यक्रममा विभिन्न राजनैतिक सङ्गठनहरूका नेतृत्वको पनि उपस्थिति थियो।  

क्रामाकपा, गोजमुमो, गोरानिमो, कंग्रेस, गोर्खालीग, सीपीआईएमएल जस्ता राजनैतिक सङ्गठनका प्रतिनिधिहरू मात्र नभएर समाजका वरिष्ट नागरिकहरूको उपस्थिति तान्न दाहाल सक्षम बनेका थिए। दाहालले भने, आन्दोलन गर्न जङ्गल पसियो, धेरै के के भयो। पक्रा पनि परियो अनि जेल पनि बसियो तर आन्दोलनको निम्ति मैले भन्न पर्ने कुरा भनिसकिएको थिएन। जनसभा गरेर, भेटेर कुरा राख्न अस्मभव थियो। यो परिस्थितिले मलाई लेखन क्षेत्रमा तान्यो। तिनले सबैलाई एकसाथ सम्बोधन गर्दै भने, कति जङ्गलमा, कति ओड़ारमा बसेर लेखिएको एकबोरा विचारहरूलाई तिनोटा पुस्तक बनाएको छु। दुइवटा प्रकाशमा आइसक्यो अब एउटा बॉंकी छ। तिनले साहित्यले नै विचार निर्माण गर्ने कुरामा आफ्नो विश्वास रहेकोले अहिले पुस्तक लेखन र यसको प्रकाशनमा अग्रसर रहेको तिनले जनाए। 

क्रामाकपाका महासचिव तारामणि राई, गोजमुमोका संस्थापक सदस्यहरू विजय सुन्दास, नोर्देन लामा, गोर्खालीगका त्रिभुवन राई, गोरानिमोका अध्यक्ष दावा पाखरिन, बुद्धिजीबी अरूण आचार्य, नाटककार ललित गोलेले पनि कार्यक्रमलाई सम्बोधन गरे। सबैले दलहरूबीचको अन्तर विरोधहरू केलाएर सामुहिकरूपले मुद्दालाई सम्बोधन गर्नुपर्ने अनि यदि सामिुहिकरूपले गर्न सक्दैन भने एउटै मुद्दालाई प्रतिनिधित्व गर्नुपर्ने आजको आवश्यकता रहेको जनाए। दावा पाखरिनले भने, गोजमुमोले अहिले सर्वदलीय सभाको आयोजना गर्ने भएको छ, जो नितान्तै समय सान्दर्भिक र बुद्धिमानी कार्य भएको छ। तारामणि राईले भने, भइरहेको आन्दोलनलाई केलाइनुपर्ने अनि भएका भूलहरूबाट नयॉं रणनीति तयार पार्ने संस्कार हुर्कन बॉंकी छ। अजय दाहालले विचार निर्माणको निम्ति जुन पुस्तक तयार पारे यसको क्रम निरन्तर होस्‌। ललित गोलेले भने, बन्दुक उठाउने हातले कलम उठाएको छ, जो समय सापेक्ष रहेको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.