दार्जीलिंग ९अप्रेल (हिमालय दर्पण ): सन्त जोसेफ महाबिधालय दार्जीलिंगक बोटानी (माइक्रोबायोलोजी)विभागका प्रा: अनिरुद्ध गुरुंगले उत्तर बंगाल बिश्वबिधालयबाट प्रो: रणधीर चक्रबती (विभाग प्रमुख,जीव प्राध्योगिक विभाग,उत्तर बंगाल विश्वबिधालय )को कुशल निर्देशनमा
CHARACTERIZATION OF ACIDITHIOBACILLUS FERROOXIDANS STRAINS FROM MINERAL OCCURENCE SITES OF DARJEELING HIMALAYA WITH SPECIAL EMPHASIS ON GENOMIC LOCATION AND ACTIVITY OF INSERTION SEQUENCES शीर्षकमा शोधकार्य गरि बिध्यवारिधि प्राप्त गरे | सिन्कोना बगान लाटपन्चरमा पिता राम प्रसाद गुरुङ (स्वर्गीय)र माता ज्ञानमाया गुरुङका कोखबाट १५ अगस्त १९६८ मा जन्मेका अनिरुद्ध गुरुङले लाट पन्चरको प्राइमेरी स्कूल लाटपन्चर उच्चतरविध्यालय अनि सरस्वती उच्चतरविध्यालय मंग्पूबाट स्कूले शिक्षा अनि सन्त जोसेफ कलेज र उत्तर बंगाल विश्वविधालयबाट उच्च शिक्षा हासिल गरेका हुन् | सानै देखि मेधावी छात्र रहेको अनिरुद्धले २००० सालमा यु० जी० सी० सी० एसआइ आर (नेट ) अनि २००१ सालमा Research fellowship of CsiR,New dehli बाट उतीर्ण गरेका हुन् | यस बाहेक विभिन्न राष्ट्रिय संगोस्ठीहरुमा सक्रिय अंशग्रहण गर्नुका साथै यिनले जर्नल अफ् इन्भाइरोनमेन्टल बाइलोजी,क्यानेडियन जर्नल अफ् माक्रोबाइलोजी जस्ता अन्तराष्ट्रिय जर्नलहरुमा आफ्नो लेखहरु प्रकाशित गराइसकेका छन् | गीत गाउनु र गितार बजाउनुमा रुची राख्ने प्रा: अनिरुद्धले भविष्यमा आफ्नो एउटा मयूजिक एल्बम निकाल्ने अनि पोस्ट दक्टोरल डिग्री (PDF) हासिल गर्ने इच्छा राखेका छन् | बहुमुखी प्रतिभाका धनी अनिरुद्धले आफ्नो सफलताहरु माता-पिताको आशिर्वाद,पत्नी साथरिया गुरुङ अनि परिवारका सम्पूर्ण सदश्यहरुको सहयोग र शुभेच्छाले नै सम्भव हुन सकेको बताउछन् |
Post a Comment
We love to hear from you! What's on your mind?