दार्जीलिंग ९ अप्रेल : पहाडको ब्यापक जान समर्थन प्राप्त गोजमुमो ले प्राधिकरण खारेज गर्दै आफ्नो मूल मुद्दा गोर्खाल्याण्ड संगै चियाबारी , पानी , ग्रामीण बिध्युत,पर्यटन,रोजगार र शिक्षा जस्तो महत्वपूर्ण कुराहरुको आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेतापनि पहाडको औधोगिक क्षेत्रमा दोस्रो दर्जा प्राप्त सिन्कोना उद्योग बारे भने घतपर्दो उल्लेख कतै गरेका छैनन् , मोर्चाकै पहलमा सिन्कोना उद्योगलाई प्राधिकरणमा समावेश गर्न राज्य सरकारलाई बिगतमा बाध्य बनाए तापनि हालमा प्राधिकरणको च्याप्टर क्लोज भएकोले उक्त पहल निरर्थक साबित भएको छ | चुनावी घोषणा- पत्रमा सिन्कोनको अपुस्टता बारे मोर्चा श्रमिक संगठन दातडुप्लालेयुका महा सचिव सुरज सुब्बालाइ सोद्दा उनले गोजमुमोले कथनी भन्दा करनीमा विस्वाश राख्ने गरेको बताउदै सिन्कोना उद्योग बिकाशको निम्ति मोर्चा स्थापनाकालदेखि नै निष्ठा पुर्वक लागि परेको जनाए | विगतको सोचनीय स्थितिबाट सिन्कोना बगानलाई मोर्चाले नै यो स्तिथिमा ल्याईपुराएको जनाउदै मोर्चाले सिन्कोना बगानमा ६०० बेकरी हरुलाई बदली काम १५० जना श्रमिकहरुलाई पदोन्नति अनि बगान कै भुमि पुत्र निर्देशक नियुक्त गर्ने ऐतिहासिक काम, गरिसकेको उल्लेख गरे भने हाल मा पनि सिन्कोना बगानका श्रमिकहरुको जमिन को पर्जा - पट्टाको कुरा चलिरहेको पनि बताए | सिन्कोनाबासीहरुलाई बिपक्षीहरुको बहकाउमा नाउने अपिल गर्दै व्यवहारिक रुपमा पनि मोर्चाले सिन्कोनको निम्ति के कति काम हरु गरेको छ सो मनन गर्ने आह्वान पनि गरे | चिया बगान पछि पहाडको विश्व विख्यात उद्योगको रुपमा हेरिने सिन्कोना उद्योगलाई औले जोरोको अचुक औषधिको रुपमा मानिन्छ | सर्वत्र भारतभरिमा केवल दार्जीलिंग अन्चलमा मात्र यसको खेति गरिन्छ भने हाल यसको अवस्था निक्कै सोचनीय रही आएको छ | बन्दप्राय अवस्थामा रहेको कुइलेन कारखानाको जिर्नोधार गरिने सरकारी तौरमा आस्वाशन दिएतापनि हाल सम्म कारखानाको अवस्थामा सुधार भएको छैन | जिर्नोधारको निम्ति लगभग ५१ करोड खर्च हुने अनुमान लगाएको छ साथै यस सम्बन्धि सम्पूर्ण औपचारिकताहरु पुरा भई सकेतापनि चुनावको कारण कार्यन्वयन हुन नसकीरहेको सम्बन्धित विभागको मन्तब्य छ | लगभग ४५ हजार बासिन्दाहरु सिन्कोना उद्योगसित सम्बन्धित छन् भने विधान सभा चुनावमा यस भेगका मतदाताहरुको पनि महत्वपूर्ण योगदान रहने स्पस्ट छ | यस्तोमा मोर्चाको घोषणा - पत्रमा सिन्कोनाको उल्लेख नहुनु हानिकारक साबित हुन सक्ने पर्यवेकक्षकहरुको अड्कल छ |
Post a Comment
We love to hear from you! What's on your mind?