तीनवर्षपछि गोरामुमो नेताहरूले टेके कालेबुङ मोर्चाले सोझै गोर्खाल्याण्ड ल्याउन नसक्ने भएपछि मात्र हामी आएका हौं-कुमाई

कालेबुङ,6 अप्रेल(डी के वाईबा/मनोज वोगटी)
गोजमुमोले सोझै गोर्खाल्याण्ड ल्याउन नसक्ने भएपछि नै हामी पहाड़ आएका हौं। मोर्चालाई मौका दिइयो, किन भने मोर्चा गोर्खाल्याण्ड ल्याउँछुु भनेर गठन गरिएको थियो। गोर्खाल्याण्डको विरोघ कुनै पनि गोरामुमो नेताले गर्न नसक्ने भएकोले सोझै गोर्खाल्याण्ड ल्याउनेलाई बाटो छोड़िदिएका थियौं। तर उनीहरू पनि सोझै गोर्खाल्याण्ड ल्याउन नसक्ने भएपछि अनि प्राधिकरणमा झरेपछि पार्लियामेन्टमा अल्झिएर बसेको छैटौं अनुसूचीलाई नै पारित गराउन गोरामुमो अघि आएको हो-तीनवर्षपछि कालेबुङ टेकेका गोरामुमो नेता सी.के कुमाइले शहीदपार्कबाट भने। आज गोरामुमो नेताहरूले तीनवर्षपछि कालेबुङ देखे। छैटौं अनुसूचीको मुद्दाको कारण नै पहाड़बाट निर्वासित हुनुपरेका गोरामुमो यी नेताहरूलाई छैटौं अनुसूचीले नै आज गृह प्रवेश गरायो। विधानसभा चुनाउ र यसको निम्ति लागू गरिएको चुनाउ आचार संहिताको भरपुर फाइदा उठाउँदै कालेबुङका निर्वासित गोरामुमो नेताहरूले आज आफ्नो घरको आँगन टेकेका छन्‌। छैटौं अनुसूचीको दाबी गर्दा गोरामुमोलाई जात फुटाउने अनि बहुसंख्यक र अल्पसंख्यकबीच फोटो ल्याउने कुटनीति राजनैतिक वर्चस्वको निम्ति अप्नाएको आरोप लागेको थियो। जनताको आकांक्षा नरहेको छैटौं अनुसूचीको विरोध गर्दै सोझै गोर्खाल्याण्ड ल्याउने हुङ्‌कार गर्दै विमल गुरूङले गोर्खा जनमुक्ति मोर्चा गठन गरेपछि मोर्चाले सबै गोरामुमो नेताहरूलाई पहाड़बाट लखेटेको थियो। यता गोरामुमोले दाबी गरेको छैटौं अनुसूचीको मुद्दा पार्लियामेन्टमा बीलकोरूपमा प्रस्तुत भइसकेको थियो तर यसको निम्ति दलीय अनि जनसहमतिको खॉंचोको कारण यो मुद्दा थॉंतीमा रहेको थियो। थॉंतीमा रहेको छैटौं अनुसूचीको बील पारित गर्नुपर्ने माग गर्दै अहिले गोरामुमोले दलीय वर्चस्व स्थापित गर्ने प्रयास गरिरहेको छ। विधानसभा चुनाउमा अंशग्रहण गर्दै गोरामुमोले पहाड़ भित्रिने कार्यक्रमलाई तीब्रता दिइरहेको छ। आज कालेबुङका खॉंटी गोरामुमो नेताहरू जसलाई यहॉंबाट विभिन्न प्रताड़ना दिएर खेदाइएको थियो, उनीहरूले कालेबुङ टेके। मोठ 47 वटा वाहनमा लगभग चारसय समर्थकहरूसित  गोरामुमोका नेताहरू सी.के कुमाई, मौरिस कालिकोटे,रोशन राई,दावा शेर्पा, छिरिङ शेर्पा तथा अन्य स्थायीरूपले कालेबुङ बस्न आइपुगे। उनीहरूको सुरक्षाको निम्ति अर्धसैनिक बललाई प्रशासनले तैनाथ गरेको थियो। पूर्ण सुरक्षासित आइपुगेका गोरामुमो नेताहरूले तीनवर्षपछि कालेबुङ देख्न पाए। दस माइलको शहीदपार्कमा शहिदहरूलाई श्रद्दा चढ़ाउन वाहनबाट उत्रिएका गोरामुमो नेताहरूमध्ये केन्द्रिय समिति सचिव सी.के.कुमाईले मीडियालाई सम्बोधन गरे। तिनले भने, हाम्रो माग छैटौं अनुसूचीको आधारमा दार्जीलिङ हिल काउन्सिल हो। सोझै गोर्खाल्याण्ड हुँदैन भनेर अनि छैटौं अनुसूचीबाटै गएर अन्यत्र राज्य गठन भएको इतिहासलाई पछ्‌याउँदै गोरामुमोले गोर्खाल्याण्डको निम्ति नै छैटौं अनुसूचीको बाटो भएर हिँड्ने प्रण गरेको थियो। विश्वमा नै गोर्खाहरू ट्राइबल हुन्‌। छैटौं अऩुसूचीबाट नै लक्ष्यमा पुग्न सकिन्छ तर सोझै गोर्खाल्याण्ड ल्याउँछु भन्दै विमल गुरूङले अर्को दल खोलेपछि अनि गोर्खाल्याण्डको नाममा जनता पाएपछि हामीलाई खेदाउने कार्य भयो। हामीले ठीकै छ, कोही सोझै गोर्खाल्याण्ड ल्याउँछु भन्दैछन्‌ भने, ल्याएर देखाओस्‌ भनेर हामी बोलेनौं। हामीले धेरै गुमायौं। क्षति भयो। गोर्खाल्याण्डको निम्ति सह्यौं। तर अहिले मोर्चाले सोझै गोर्खाल्याण्ड ल्याउन नसक्ने मोर्चाले नै स्पष्ट पारेपछि, मोर्चाले गोर्खाल्याण्ड ल्याउन नसक्ने स्पष्ट भएपछि छैटौं अनुसूचीकै मुद्दालाई अघि लाएर दल पुनर्थापित गर्न पहाड़ आएका हौं। तिनले गोरामुमोले दाबी गरेको मुद्दाको बील पेश भइसकेको अनि अब यसलाई पारित गराउनुपर्ने रहेकोले नै गोेरामुमोले विधानसभामा अंशग्रहण गरेको जनाए। छैटौं अनुुसूची भए नै गोर्खाल्याण्ड पुगिन्छ। केन्द्रका प्रणव मुखर्जीले केन्द्रको विचार स्पष्ट पारिसकेका छन्‌। सुवास घिसिङ र राजिव गान्धीबीच भएको राजनैतिक सम्झौता र समिकरणलाई घिसिङले अझसम्म अक्षुण्ण राखेका छन्‌। हाम्रा उम्मेद्वार प्रकाश दहालको जीत निश्चित छ किन भने हामीसित जनता छन्‌। उनीहरूलाई केवल एकत्रित गर्नु मात्र छ। अब हामी स्थायीरूपले यहीँ बस्नेछौं। गोरामुमो अनुशासित दल हो। कतै अशान्ति हुने छैन। अब अशान्ति अरूले नै गर्न सक्छन्‌ तर सबैलाई प्रशासनले पूर्ण सुरक्षा दिनेछन्‌-तिनले भने।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.