सिनाल्चु नाम्ची मङपू गोल्ड कपको बाँकी खेलदेखि बाहिर

Siniolchu FC, Namchi vs MYC Mungpoo Gold Cup 2015
मङपू जन मैदानमा बिगत ११ अक्टुबरदेखि आयोजक मङपू युथ क्लब द्वारा सम्पन्न भइरहेको मङपू गोल्ड कप फूटबल टुर्नामेन्टको तेश्रो म्याच आज भिडभाडको साथ सम्पन्न भएको छ | आजको म्याच सिनाल्चु नाम्ची (Siniolchu FC, Namchi) बनाम एमवाईसी माझ सम्पन्न भएको थियो | खेलको शुरुदेखि नै एमवाइसीका खेलाडीहरुले सिनाल्चु नाम्चीलाई दबाउ दिइरहेका थिए भने खेल शुरु भएको प्राय: पाँच मिनट नबित्दै एमवाइसीका खेलाडी जर्सी नम्बर ९ ले नाम्चीको गोल पोस्टमा एक गोल छिराउन सफल बनेका थिए | तेज रफ्तार भएका एमवाइसीका खेलाडीहरु बिरुद्ध नाम्चीले सकेसम्म प्रतिद्वान्दिता देखाए पनि पहिलो गोलको लगत्तै ३ मिनटपछि फेरि एमवाइसीका खेलाडी जर्सी नम्बर ११ को गोलले नाम्चीको गोलपोस्टको नेट हल्लिएपछि एमवाईसीले आफ्नो जीत प्राय: पक्का गरिसकेका थिए भने यता सिनाल्चु नाम्चीको पक्षमा चर्को घाम सहेर चेरअफ दिइरहेका समर्थकहरु निराश हुनु परेको थियो | मध्यान्तरपछि को खेलमा सिनाल्चु नाम्चीले पहिलेको तुलनामा उत्कृष्ट खेल प्रदर्शन गरेपनि एमवाइको बिरुद्ध गोल सुलाउनको साटो एक गोल फेरि थपिएपछि तीन गोल खाएर एमवाइसी सामु हार स्वीकारनु परेको थियो | आजको विजयी दल एमवाइसी मङपूले आगमी ३ नवम्बरको दिन दार्जीलिंग XI एफसीसित क्वाटर फाइनल खेल्नेछ | आज सम्पन्न धुवाँदार भिडन्तमा अभद्र खेल प्रदर्शन गरे वापत खेल निर्णायकले नाम्चीका जर्सी नम्बर २ अनि एमवाइसीका जर्सी नम्बर ६ लाई पहेंलो कार्ड देखाउन परेको थियो |

भोलि अर्थात १६ अक्टुबरको दिन केएफसी सिलिगुडी बनाम शेयर कालेबुंगमाझ खेल सम्पन्न हुने भएकोले आयोजक समितिले सम्पूर्ण खेलप्रेमी दर्शकहरुलाई स्वागत जनाएका छन् ||  

मङपू जन मैदानमा बिगत ११ अक्टुबरदेखि आयोजक मङपू युथ क्लब द्वारा सम्पन्न भइरहेको मङपू गोल्ड कप फूटबल टुर्नामेन्टको तेश्रो म्याच आज भिडभाडको साथ सम्पन्न भएको छ | आजको म्याच सिनाल्चु नाम्ची (Siniolchu FC, Namchi) बनाम एमवाईसी माझ सम्पन्न भएको थियो |

Read latest post filed under sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.