मंग्पू/सेप्टेम्बर/केशर मोक्तान : बिगत केही वर्षदेखि नै पहाडी क्षेत्रमा रहेका जनजाती पछौटे वर्गको चौतर्फी बिकाशको निम्ति समाजमा विभिन्न प्रकल्प तथा योजनाहरु लिएर धेरै कार्य गर्दै आइरहेका छन् वनबासी कल्याण आश्रम दार्जीलिंग | खेलकुदको मध्यमबाट जनजातिमा रहेको प्रतिभाहरुलाई खोजी निकाल्ने क्रममा विगत सालहरुमा दार्जीलिंग पहाडी भेकबाट राष्ट्रिय स्तरसम्म पुगी धनु-काँड प्रतियोगितामा स्वर्ण पदक हासिल गर्न सफल भएका पहाड कै गौरव बन्न पुग्ने प्रतियोगीहरुमा परिल लेप्चा ,छुकित लेप्चा,जिग्मी लेप्चा छन् भने म्याराथान दौडमा स्वर्ण पदक हासिल गर्न सफल भएका खेलाडी नाम्पर लेप्चा हुन् र अखिल भारतीय स्तरमा लिम्बाराम ओलम्पिक खेलाडी हाल भारतको सरकारी धनु-काँड प्रशिक्षक जस्ता प्रतिभाहरु जन्माउँन यो संस्था सफल भएको छ |
यस्तै गाउँ - बस्तीबाट अझै थुप्रै परिल जस्ता लेप्चाहरु जन्माउँन यस बनबासी कल्याण आश्रम सदैव लागी परेको कुरो संस्थाका संरक्षक डपछिरीङ लेप्चाले एक भेटमा बताएका छन् | आज मंग्पू लाठ-पन्चर समष्टिका विध्यार्थीहरुलाई लिएर स्थानीय मंग्पू ,लाब्दा ग्राम सेवक पाठशाला मैदानमा शिक्षक रतन कुमार छेत्री,बी० बी० प्रधान अनि अन्य गाउँलेहरुको अगुवाइमा विभिन्न खेलकूद प्रतियोगिता सम्पन्न भयो | संस्थाका संयोजक दुइ डपछिरीङ लेप्चा अनि फूल छिरीङ लेप्चाको नेतृत्वमा यस समष्टिका विध्यार्थीहरुले १०० मि० दौड, तीरदाजी, कबडी लगायत विभिन्न खेलकूदहरु खेले | सिनियर खेलका विध्यार्थीहरुले ८०० मि० दौड, ५००० मि० दौड ,म्याराथान दौड, रिले ( पालो फेर्ने दौड ) दौड र लम्बी दुरी दौडका खेलहरुमा अंशग्रहण गरेका थिए | आज सम्पन्न भएको विभिन्न खेलकूद प्रतियोगितामा मंग्पू -लाठ पन्चर समष्टिबाट २५ जना विध्यार्थीहरु जिल्ला स्तरीय खेलकूदमा अंशग्रहण गर्नको निम्ति छनौट भएका छन् भने उक्त जिल्ला स्तरीय खेलकूद प्रतियोगिता आगमी १५ अनि १६ अक्टोबरको दिन कालेबुंग मेलाटारमा हुने जानकारी प्राप्त भएको छ |
मंग्पूमा बनबासी कल्याण आश्रम द्वारा खेल्गुद प्रतियोगिता सम्पन्न
11Sep2011
Post a Comment