मंग्पू विभागीय कृषक कल्याण संगठन द्वारा साफ- सफाई कार्यक्रम

मंग्पू/११ सेप्टेम्बर/निस: मंग्पू  विभागीय कृषक संगठन,मंग्पू विभागले आफ्नो संगठनको विविध बिकाशमूलक कार्यक्रमहरु संगै सामाजिक कार्यक्रमहरु पनि हात लिएको छ भनि संगठन कै मूल संयोजक बुद्ध कुमार थापाले जानकारी दिएको छ | बिशेष विगत साल २०१० मा संगठनका १९ जना सदश्य द्वारा पर्यावरणको रक्षा गर्न हेतु विभिन्न स्थानहरु मध्ये मंग्पू विभाग रातो माटेदेखि सिम्ले माथिलो गोलाईसम्म विभिन्न रुखका बिरुवाहरु सडकको दुवै किनारमा रोपन गरेको वृक्षहरुलाई आज जोगाउन झार - जंगल फाँडेर सफाई गर्ने कार्य गर्यो | यस सफाई गर्ने कार्यक्रम क्रमिक रुपमा गर्ने सुझाउ संगठनका सदश्य समीर राई, आसित थापा तथा शंखपाल थापा अनि गोपाल राइ आदिले राखेका छन् | उक्त सफाई कार्यको समय संगठन को तर्फबाट सिन्कोना विभागलाई पनि पत्र मार्फत जानकारी गराउने अनि सडकको दुवै किनारमा भएको वृक्षहरु संरक्षण गरी शितलताको निम्ति जोगाउने सबै सामाजिक संघ - संस्था , व्यक्तिहरुलाई पनि बिशेष अनुरोध गर्ने कुरो मंग्पू  विभागीय कृषक कल्याण संगठनको मूल संयोजक बुद्ध कुमार थापाले एक बिज्ञाप्ती मार्फत जानकारी दिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.