सराकारी अधिकारीको वहानले धक्का दिंदा आज दमयन्ति खाती(७९)ले ज्यान गुमायो

कालेबुङ १९ अक्टोबर: डी के वाइबा  सराकारी अधिकारीको वहानले धक्का दिंदा आज दमयन्ति खाती(७९)ले ज्यान गुमाउनु पर्यो। घटना बिहान साढे छ बजेतिर भएको हो । यहाँको बाघधारा छेउ उक्त बृद्ध दूध लिन गएका थिए । सोहि समय डब्ल्यू बी ७४ जी ४८८५ नब्बर भएको वहान चालक प्रोमजी गुप्तले पछि गर्दा उक्त बृद्धलाई धक्का लागरको थियो। तिनलाई धक्का लागेपछि चालकले तत्काल कालेबुङ महकुमा अस्पतालमा भर्ना गरेको थियो पछि अस्पतालमा नै तिनले प्राण त्यागे। उक्त वहान कालेबुङका सह खण्ड बिकाश अधिकारीको हो भन्ने थाहा लागेको छ। घट्ना पछि वहानका चालक अनि वहानलाई कालेबुङ पुलिसले आफ्नो कब्जामा लिएको छ। यता मृतकका परिवार पक्षले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ भने पुलिसले चालकलाई कानुनी कार्वाही गर्दै मुद्दा दर्ता गरेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.