रहस्यमय हत्याको पत्तो लगाउन जुट्यो कालेबुङ पुलिस

कालेबुङ १६ नोभेम्बर : डी के वाइबा - पेदोङको तोपखानामा मंगलबार बेलुकी भएको जीना प्रधानको रहस्यमय हत्याकाण्डको अझ सम्म रहस्य खुल्न सकेको छैन। तिनको हत्याको रहस्य सुल्झाउना सिलगडीबाट आज डग स्पोट टिम समेत आएको थियो। हत्या कस्ले अनि किन गर्यो भन्नेबारे कसैलाई थाह नभए पनि पुलिस प्रशासन खोजी अभियानमा लागी परेको छ। हिज बेलुकी जिना प्रधान आफ्ना बडाको घरमा दूध लिन गएकी थिई। दूध लिएर आफ्ना धरमा फर्कीरहेको समय तिनको हत्या गरिएको थियो। तिनी धर फर्किने बाटो भएरै गाउँकी एकजना वृद्धा पनि फर्कीरहेको समय बाटोमा जोडले आवाज सुने। ती वृद्धाले कुनै नारीको आवज सुनेपछि हेर्दा  जीना प्रधानलाई छट्पटाई रहेको अवस्थामा देखेर गहउँबासीहरुलाई खबर दिए। उनको शरीर त्यस समय अर्ध नग्न अवस्थामा रहेको अनि शरीर भरी चोट रहेको थियो। तिनलाई गाउँलेहरुले तत्कालै पेदोङ अस्पतालमा पुराएपछि कालेबूङ महकुमा अस्पतालमा रेफर गरिएको थियो। कालेबुङ अस्पताल ल्याई रहेको समयमानै तिनले बाटैमा प्राण त्यागे। घट्नाको जानकारी पाएपछि उक्त स्थानलाई पुलीसले सिलबन्दी गरेको थियो। आज डगस्पोट टोलि घट्नाको जाँच गर्न आएपनि कुनै सुराग प्राप्त गर्न सकेन। राती पानी परेको कारण घटनाको तथ्यहरु संग्रह गर्न पुलीसलाई गाह्रो भएपनि कालेबुङ पुलिसले चाँडै रहस्यको पत्तो लगाउँने दाबी गरेको छ। मृतकको शरिर आज पोष्टमार्टमको निम्ति नर्थ बंगाल मेडीकल कलेज एंव अस्पताल लगिएको थियो भने पोष्टमार्टम गरेर परिवार पक्षलाई सुम्पिएको छ। तिनको बलत्कार  गरेर हत्या गरिएको पुलिसले आशंका व्यक्त गरेको छ भने पोष्टमार्टमको रिपोर्ट आए पछिमात्र सबै थाहा हुने सुत्रले जनाएको छ। घट्न स्थलमा खोल्सा हुनको साथै अँध्यारो भएको कारण पनि दुष्कर्मीहरुले यसको फाईदा उठाएर तिनलाई बलत्कार गर्ने प्रयास गरेको हुनसकने अनुमान गरिएको छ।
-
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.