कालेबुङ १६ नोभेम्बर : डी के वाइबा-“गणतन्त्रमा सबैले राजनीति गर्न पाउँछ। नयाँ नयाँ राजनैतिक पार्टी पनि खोल्न सक्छ। गोजमुमोले कुनै पनि राजनैतिक पार्टी खोलिने कुराको बिरोध गर्दैन। हामी गणतन्त्रमा विश्वास गर्छौ अनि गणतन्त्रमा सबैले राजनीति गर्न पाउँछ। यदि कुनै पनि राजनैतिक पार्टी राम्रो कुराको निम्ति खोलिन्छ भने हामी स्वागत गर्छौं। समाजको हित र बिकाशको निम्ति अनि गोर्खाल्याण्डको आन्दोलनलाई बाधा उत्पन्न नहुने कार्यक्रम लिएर गठन हुने कुनै पनि राजनैतिक पार्टीलाई मोर्चाले स्वागत गर्नेछ” – उक्त कुरा गोजमुमो स्टडी फोरमका सदस्य डा आर बी भुजेलले भनेका हुन्। तिनले पिपल्स फोरमका सचिव प्रवीण गुरुङले नयाँ राजनैतिक पार्टी गठन हुने संकेत दिएको कुरामा पत्रकारहरुसंग कुराकानी गर्दे उक्त कुरा भनेका हुन्। तिनले कुनै पनि राजनैतिक पार्टी गठन हुँदा मोर्चालाई कुनै फरक नपर्ने पनि दाबी गर्दे नयाँ गठन हुने कुनै पनि दलले गोर्खाल्याण्डको आन्दोलनलाई बाधा पुग्ने कार्य गरे त्यसको भने बिरोध गर्ने पनि बताए। नयाँ गठन हुने दलले बाधा दिने कार्य गरे त्यसको निम्ति राजनैतिक समाधानको बाटो खोज्ने पनि बताउँदै बिकाश कार्यको निम्ति बाधा दिए चुनौतिको स्वीकार गर्ने पनि थप डा भुजेलले बताए।
Post a Comment
We love to hear from you! What's on your mind?