गोर्खाल्याण्डको आवाज संसदमा उठाउनु हो भने जीटीएको सम्झौता खारेज हुनपपर्छ - जसवन्त सिंह

कालेबुंग/डी० के० वाइबा: विभिन्न दलहरुलाई लिएर भारतीय गोर्खा परिसंघको नेतृत्वमा गठन भएको गोर्खाल्याण्ड टास्क फोर्स पहिलो चरणको दिल्ली मुखी कार्य गरेर फर्किएको छ| यस सम्बन्धमा आज यहाँको भागोप कार्यलयमा एउटा पत्रकार सम्मेलन डाकेर दिल्ली कार्यक्रम बारे भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा० एनोस दास प्रधानले जानकारी गराए | दिल्लीमा गोर्खाल्याण्ड टास्क फोर्सले विभिन्न राजनैतिक दलका संसादहरुलाई भेट गरेर गोर्खाल्याण्डको औचित्य बारे अव्गात गराउने कार्य गरेको तिनले जानकारी गराए | टास्क फोर्सले गोर्खाल्याण्डको औचित्य बुझाउने र संसदमा गोर्खाल्याण्डको आवाज उठाइदिने अनुरोध गर्ने क्रममा दार्जीलिंग पहाडका सांसद जसवन्त सिंहलाई गोर्खाल्याण्डको आवाज संसदमा उठाइदिने कुरा गर्दा अहिले यहाँ जीटीएको सम्झौता भएको बताउदै यदी गोर्खाल्याण्डको आवाज संसदमा उठाउनु हो भने जीटीएको सम्झौता खारेज हुनपर्ने टास्क फोर्सका प्रतिनिधिहरुलाई बताएको प्रधानले जनाएका छन् | यति मात्र नभएर दिल्लीमा टास्क फोर्सले सांसदहरुलाई भेट्ने क्रममा जीटीएको सम्झौताले गोर्खाहरुको समस्या समाधान भयो भन्ने गलत संदेश फैलिएको थाहा पाएको तिनले अव्गात गराए | यस सन्दर्भमा टास्क फोर्सले जीटीएले गोर्खाहरुको राजनैतिक सुरक्षा र राष्ट्रिय चिन्हारीको समस्या समाधान नहुने कुरा अव्गात गराउदै गोर्खाल्याण्डको मुद्दा उठान गरेको थप एनोसदासले जानकारी दिए | टास्क फोर्सको दिल्ली यात्राकै क्रममा भागोपले गोर्खाल्याण्ड नामक पुस्तिका सार्वजनिक गरेको अनि उक्त पुस्तिकामा गोर्खाल्याण्ड गठन हुनको औचित्य बारे लेखिएको तिनले जनाए | अब उक्त पुस्तिका सांसद, प्रधानमन्त्री, मुख्य मन्त्री, विपक्षीका नेताहरुलाई वितरण गरेर संसदमा गोर्खाल्याण्डको आवाज उठाइदिने अनुरोध गर्ने भएको छ |गत १८ जुलाईको दिन पिन्टेल भिलेजमा जीटीएको सम्झौता भएपछि केन्द्रमा गोर्खाहरुको समस्या समाधान भयो भन्ने भ्रम फैलिएको अनि त्यसै भ्रमलाई तोडेर गोर्खाल्याण्डको माग गर्दै टास्क फोर्सले कार्य अघि बढाएको तिनले जनाए | तिनले टास्क फोर्सको दिल्लीभ्रमण सफल रहेको दाबी गर्दै टास्क फोर्सले गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउन सांसदहरुको समर्थन बटुल्न महत्वपूर्ण कार्य गरेको जनाए | हाल टास्क फोर्सलाई दार्जीलिंग जिल्ला भाजपा कमिटिका अध्यक्षबाट समर्थन पत्र पाएको जनाउदै हिल कांग्रेसलाई पनि साथमा लिने कार्य गर्ने प्रधानले जनाए | तिनले अब छुट्टै राज्य गोर्खाल्याण्डको ब्लु प्रिन्ट टास्क फोर्सले तयार पार्ने जानकारी गराए | यसै क्रममा छुट्टै राज्य गोर्खाल्याण्डको ब्लु प्रिन्ट फोर्सले युवा शक्तिलाई मजबुत पर्ने जनाए | युवा शक्तिलाई बलियो पार्न अब विभिन्न सहयोगी दलहरुका युवाहरुलाई लिएर दार्जीलिंग, खरसांग,मिरिक, कालेबुंग आदि स्थानहरुमा सेमिनार आयोजना गर्ने जानकारी दिने आगमी मार्च महिनामा पुन: दिल्लीमा धर्ना गर्ने तिनले बताए| यसका साथै टास्क फोर्सले अन्य राज्यहरुको विधान सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गराउन कार्य गर्ने जनाउदै युवा शक्तिहरु राजनैतिक सिधान्तमा मतविभाजन नहुनपर्ने जनाए | तिनले भागोपले यस सडक, संसद र बौधिक आन्दोलनमा सबैलाई समावेश गर्ने योजना रहेको डा० प्रधानले बताए |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.