मंग्पू/केशर मोक्तान: उत्कृष्ट पुस्तक नरहनुको कारण यसपल्ट नेपाली साहित्यका कुनै कृतिले अकादमी पुरस्कार नपाएको खुलासा भएपछि नेपाली साहित्य क्षेत्रमा त्व्यापाक प्रतिक्रिया देखिन थालेको छ | जुरीको सुनवाई प्रति चारैतिरका नेपाली साहित्यकारहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् | यसै विषयमा साहित्यको गड मानिने मंग्पूको साहित्यकारहरुले पनि जुरीको निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् | प्रसंगमा बोल्दै २० औ अकादमी पुरस्कारले सम्मानित मंग्पूका साहित्यकार मोहन ठकुरीले यस वर्ष नेपाली साहित्यमा अकादमी पुरस्कार नपाउनु दुर्भाग्यपूर्ण मान्छु म भनि बताएका छन् | वास्तवमा पहिलो सुची तयार गर्दा नै विभिन्न क्षेत्रका साहित्यकारहरुको प्रकाशित पुस्तकहरुको सुची तयार परेर लिनु जरुरी थियो | भारतभरि प्रकाशित भएका कुनै न कुनै पुस्तक नेपाली साहित्य अकादमी पुरस्कारको योग्य हुन पर्ने हो , यसपाली अकादमी पुरस्कार नपाउनु दुख लाग्दो कुरो हो भनि ठकुरीले जनाए | यसपाली कसले पनि नेपाली साहित्यमा अकादमी पुरस्कार नपाउनु साहित्यकारहरुको अपमान वोध गरेका छन् | राम्रो पुस्तकहरु अन्तिम सुचीमा पुराउन अघि पहिलो सुची तयार गर्नुमा नै अत्यन्त होशियारी लिनु पर्ने आवश्यक हुन्छ | यसपाली सो पुरस्कार नपाउनु विस्वाद लाग्दो कुरा हो तर पनि साहित्यकारहरुले रचयिता लेख सृजना गर्न पछि पर्नु भएन, निरन्तरता दिइरहनु पर्छ भनि मोहन ठकुरीले बताएका छन् | मंग्पूका अर्का एक कवि सुरेन्द्र थिंगले अकादमी पुरस्कार योग्य पुस्तक हाम्रो भाषामा नहुनु दुर्भाग्य ठान्दै जे जस्तो भएपनि पुरस्कार प्रदान गर्नु पर्ने थियो | पुरस्कार योग्य पुस्तकमा हुन पर्ने क्राइटेरिया के छ ? उत्सुकता जागेको छ भनी उनले जुरीप्रति प्रश्न गरेका छन् | मंग्पूका एक प्रतिष्ठित साहित्यकार उदय थुलुंगले यसपल्ट नेपाली साहित्यबाट साहित्य अकादमी पुरस्कार नपाउनु एक दुर्घटना रहेको बताउदै यस दुर्घटनाबाट धेरैवटा पाठ सिक्न पर्ने समय आएको छ भन्दै अकादमी पुरस्कार नपाउनु दुर्भाग्यपूर्ण रहेको बताए | ग्राउण्ड लेबलको सुचीमा प्रकाशित कृति एवम पुस्तकहरु प्रशस्तै रहेतापनि उपयुक्त पुस्तकहरु राम्रोसित छनौट नभएको कारण पनि आज यस्तो दुर्घटना हुन पुगेको भनि थुलुंगले बताए | साहित्यकार उदय थुलुंगले ग्राउण्ड लेबल साथै जुरी जस्ता वोर्डमा साहित्य क्षेत्रमा योगदान पुराउने तथा स्थापित व्यक्तिहरु हुन पर्ने पनि मन्तव्य प्रकट गरे | यसपल्ट अकादमी पुरस्कार नपाउनु नेपाली साहित्यकारहरुको निम्ति ठुलो चुनौती हो भने गोर्खा सन्तानको निम्ति विषमत कुरा बन्न पुगेको छ |
Post a Comment
We love to hear from you! What's on your mind?