मंग्पू विभाग कुइलेनबारी चौरस्ता मास्तिर नव निर्मित सार्वजनिक बौद्ध गुम्बाको सुके पोखरी गुम्बाको पच्चासी वर्षीय खेम्पो लोप्सांग ग्याम्छोको बाहुलीबाट नामांकरण गर्ने कार्यक्रम भब्यपूर्ण सम्पन्न भयो | गुम्बा सम्पूर्ण मंग्पूबासीका सामुहिक प्रयत्नमा निर्माण गर्न सक्षम भएको छ | गत २२ तारिखदेखि लगातार भजन, किर्तन प्रवचनको साथै शुभारम्भ भइ आज अन्तिम वांग कार्यक्रम भयो | प्रथम दिन २२/१२/२०११ को दिन विभिन्न धर्मावलम्बीहरु, मनान्नीय तथा व्यवहारिक कर्ममा लागी पर्दै समस्त जीवन शुभ कार्यमा विश्वास गर्ने मानिसहरुका उपस्थितिमा खेम्पो लोप्सांग ग्यम्चोको बाहुलीबाट उद्घाटन स्वरुप उक्त गुम्बाको नाम द्योखोर्लिंग सार्वजनिक बौद्ध गुम्बाको रुपमा नामांकरण गरियो | उक्त मुहुर्तमा मंग्पू विभाग तथा अन्य विभागहरुबाट भक्तजनहरुले सुके पोखरी निवासी खेम्पो लोप्सांग घ्याछो तथा लामा छितेंन रुम्बा बौद्ध धर्म विषय पुस्तक अनुवादक दुवैलाई उदय पाख्रिन तथा उक्त गुम्बा संचालन समितिका सचिव सी० के० तामांगको अगुवाईमा हार्दिक स्वागत जनाएका थिए | यसरी उक्त दिनको कार्यक्रममा २३ दिसम्बरको दिन भक्तजनहरुको उपस्थितिमा होमादी , दोमांग पठन साथै प्रवचनहरुको लगातार प्राणी जगतको मानवीय गुणहरुद्वारा शुसोभित गर्ने भव्य कार्यक्रम सम्पन्न गरियो | प्रथम दिनको कार्यक्रममा खेम्पो लोप्सांग द्वारा गुम्बा तथा गुम्बाभित्रका त्रिरत्न प्रतिमाहरु गुरु रिम्पोछे भगवान बुध अनि आव्लोकितेश्वर आदिको प्रतिमाको पनि बौद्ध धर्मको रुपमा प्रार्थना स्थपना गरिएको थियो भने आजको अन्तीम दिन प्रवचन संगै खेम्पो लोप्सांग ग्याम्छोको दर्शन साथै स्वागतको निम्ति बिहानदेखि नै मंग्पूबासी ,कालेबुंग, दार्जीलिंग, खरसांग , घुम, सुके पोखरी , सुन्दह, नेपाल, तीस्ताभेली , दवाई पानी सिक्किम आदिबाट हजारौ धर्मावलम्बीहरुले सडकका दुवै किनारमा खादा माला द्वारा उपस्थित भइ स्वगात जनाए | स्वागत कार्यक्रम पछि गुम्बाको बौद्ध धर्मका झन्डा उत्तोलन , दोमांग खेम्पो लोप्सांग ग्याम्छोबाटै गरियो | तीन दिने उक्त कार्यक्रमको अन्तिम दिनमा श्रदेय खेम्पो द्वारा हजारौ भक्तजनहरुलाई मध्यान्तर देखि साझ सम्म वांग दिएका थिए भने वांग प्राप्त गर्न बालक बालिका देखि वृद- वृदाहरुको अपार भिड रहेको थियो |
Post a Comment
We love to hear from you! What's on your mind?