पर्यटन उत्सवमा पर्याटकहरुको हरिबिजोक कालेबुङमा

डी के वाइबा: कालेबुङ, २६ दिसम्बर; एकातिर पहाडमा पर्याटकहरुलाई तान्न बिभागले सरकारी खर्चमा चिया अनि पर्यटन उत्सव पालन गरिरहेको छ भने अर्कोतिर पर्यटकहरु वाहनको अभावमा हरिबिजोक हुन परेको छ। यस्तो घटना त्यतिबेला प्रकाशमा आयो जतिबेला पर्यटकाहरु वाहबको अभावमा पत्रहरुलाई वाहन सोद्धै आईपुगेका थिए। कोलकताबाट पर्टन उत्सव भइरहेको खबर पाएर कालेबुङ आएका पर्यटकहरु उत्सवको मनोरञ्जन लिन नपाई गाडीको अभावमा हरिबिजोक भएको बताउँदै रेसी जाने बाटो सोद्धै यता उता भौंतारिरेको देखियो। यता उता दौडधुप गर्दापनि वहान नपाए पछि तिनी सिलगडी जान मन बनाईरहेको समयमा त्यतिबेला थप तिनछक परे जतिबेला काउण्टरमा रातो मसिले गाडी नरहेको रातो मसिले लेखेर झुण्डाएको देखे। गाडीको अभावमा बिचल्नीमा परेका दुईजना पर्याटकहरुले ‘पर्यटन उत्सव चलिरहेको सुनेर कोलकाताबाट आएका थियौं| कालेबुङ त आइपुग्यौं तर कता जाने कता नजाने भयौं| सोंचेको भन्दा फरक कुरा पाइएकोले अलमल्ल पर्‍यौं’- भनि जनाए। परिवारसित पहाड घुम्न आएपनि घुम्न अगावै यसतो बिजोकहुन परेको कारण हतास बनेको तिनले जनाए। यसरी हतास बने पछि रेसी घुम्नजाने मन बनाएको कुरा गर्दै रेसी जाने गाडीको पनो अभाव रहेको तिनले जनाउँदै एकातिर सरकारले उत्सव गरिरहेको छ भने अर्कोतिर पर्याटकहरुलाई यात्राको निम्ति उचित ब्यवस्था मिलाउँन जरुरी रहेको तिनले जनाए। हाल कालेबुङको मेलाग्राउण्डमा चारदिन व्यापी चिया अनि पर्यटन उत्सव चलिरहेको छ भने अर्कोतिर उत्सवमा आएका पर्याटकहरु भने बिजोक बन्न परेको कुराले पर्याटन ब्यवसायलाई कति प्रभाव पार्ला भन्ने कुरा गम्भिर रहेको छ।  तिनले सोधे गाडीहरू पनि छैन, कसरी जान सकिन्छ रेशी?’ महोत्सवको हल्लाबाट धोका पाइएको बुझेपछि रेशी पनि नगई कोलकाता नै फर्किने मन बनाएका ती पर्यटकहरूले काउण्टरमा नै रातो मसीले गाडी छैन भनेर लेखेको सूचनापटले अझ निरास पार्‍यो| एकातिर उत्सवले निराश अर्कोतिर गाडीको अभावले समस्या पारेपछि पर्यटक त्यसै पनि विचल्नीमा पर्नु बाहेक अर्को उपाय थिए| कोलकाताबाट परिवार लिएर आएका सुब्रतो रोय अनि प्रतीश मुखर्जी सिलगढी जाने गाडी नभएर अझ हताश बने| पर्यटन उत्सव भएदेखि नै कालेबुङमा गाडीहरूको समस्या शुरू भइसकेको छ| कही जान पनि सही समयमा गाडीहरू नपाउने रोग कालेबुङमा पुरानो रहेकोछ| त्यसैमाथि कुनै उत्सवको बेला अझ वाहनहरूको अभावलाई कालेबुङमा हुने चाखलाग्दो अचम्म मान्न सकिन्छ| आज पनि सिलगढी जाने गाडीहरूको अभावमा यात्रीहरूको बिजोक देखियो| सिलगढी जाने गाडी छैन तर जाने भए एकसय अस्सी रुपीयाँ तिरेर जान सकिने उपाय उनीहरूलाई चालकहरूले नै बताइदिएको एक यात्रीले बताए| चालक महासङ्घका अध्यक्ष काजी छिरिङ दोर्जी भोटियासित गाडीको अभावबारे प्रश्‍न गर्दा तिनले मोठ ३६ वटा गाडी सिलगढी चल्ने भए पनि ६ वटा गाडी प्यासेन्जर नभएर कालेबुङ नफर्किएको अनि आज ३० वटा गाडी विहानै गइसकेको अनि कुनै पनि नफर्किएको बताए| पालैसित प्यासेन्जर बोक्ने भएकोले सबै गाडी आफ्नो-आफ्नो पालोमा कालेबुङ आउने गर्छ| हिजोदेखि कालेबुङ आउने यात्री नै नभएकोले मोठ ३६ वटै गाडी सिलगढीमा रहेको भोटियाले बताए| तिनको यस्तो स्पष्टिकरणले केही दिनदेखि अथवा चिया अनि पर्यटन उत्सव भएदेखि नै कुनै पनि पर्यटक कालेबुङ चडेका छैनन्| कालेबुङ आएका देशी पर्यटक पनि अलपत्र परिरहेका छन्|संधै हुलका हुल मान्छेहरु बोकेर कालेबुङ आउँने बाहनहरुले पर्याटक उत्सवको समयमा झनै बाहनले सिलगडीबाट कालेबुङ आउँने यात्रीहरु नपाउँनु चाखको बिषय बनेको छ। यस कुराले एउटा कुरा त निश्चित बनेको छ कि कालेबुङमा बिगत हिज देखि कोहि पनि पर्याटकहरु भित्रिएका छैनन् किन भने सिलगडी गएका वाहनहरु यात्रीहरुको अभावमा सिलगडीमा नै बस्न परिरहेको छ। यता सिलगडीबाट यात्रिहरु नपाउँने डरले आजदेखि वाहनहरु पनि सिलगडी जान मानेका छैनन् जसको कारण काउण्डरमानै रातो मसिले गाडी नभएको सुचना टाँस्नु परेको छ। यदि सिलगडी जानै परे ८० रुपीया भाडाको सट्टा एकसय अस्सी रुपीयाँ तिरे लाने बाहनका चालकहरुले स्पष्ट बताईदिएको तिनीहरुले थप जनाए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.