मध्यान्न भोजनको कारण प्रश्न चिन्ह छ मंग्पू ग्रामीण ब्यांकलाई

मंग्पू | केशर मोक्तान : उतर बंग क्षेत्रीय ग्रामीण ब्यांक मंग्पू  शाखा द्वारा प्राप्त गरिने मध्यान्न भोजनको राशीमा अनियमितताले अन्योल छाएको छ | शिक्षा विभाग दागोपापले दिसम्बरको अन्तिम साता तिर छोडेको मध्यान्न भोजन र भान्सेको पारिश्रमिक आजको तारिखसम्म यहाँ आइपुगेको छैन भनी भान्सेहरुको गुनासो छ | उतर बंग क्षेत्रीय ग्रामीण ब्यांक दार्जीलिंगमा ३१ दिसम्बर २०११ मा आइपुगेको उक्त राशी जनवरी २०१२को पहिलो सातामा मेनिफोल्ड तयार गरी पठाउने काम भए पनि यहाँको ग्रामीण ब्यांकमा त्यो राशी आइ नपुग्दा सम्बन्धित पाठशालाका भान्सेहरुले नयाँ साल, माघे सक्रान्ति केही मनाउन नपाएको गुनासो छ | त्यसै पनि शिक्षा विभागको ढिलाई छ त्यही माथी यहाँ भएको एउटै ब्यांकको कार्यप्रणाली पनि यस्तो छ | यतिका दिन सम्म उक्त राशी यहाँ किन आउन सकेन अथवा यहि नै रोकेर राखेको हो कि भन्ने प्रश्न भान्सेहरुले गर्न थालेका छन् | मध्यान्न भोजनको राशी भुक्तान गर्न एउटा झन्झट मात्र ठान्छन् भने हामीलाई ब्यांकले लिखितरुपमा दियोस भनि भान्सेहरुले माग गरेका छन् | पाठशालाका भान्सेहरुले यसको विकल्प खोज्ने नै छ भनि एक विज्ञप्ति मार्फत जनाएको छ | उतर बंग ग्रामीण ब्यांक पोख्रेबुंग शाखाले आज भन्दा दश दिन अघि नै उक्त रकम भुक्तान गर्दा मंग्पू स्थित ग्रामिण ब्यांकमा यो पैसा नआउनु अचम्मको कुरा भएको छ | खाद्यान्न वितरण प्रणाली र रकम वितरण प्रणालीले चर्म्रएको मध्यान्न भोजन व्यवस्थामाथि स्थानीय ग्रामीण ब्यांकको उदासिनताले आगोमा घीउको काम भएको छ | कसैमाथि व्यक्तिगत आरोप होइन तर समग्र ब्यांकको कार्यप्रणाली माथि निमुखा भान्सेहरुको गुनासो ठानी यथासिग्रह उक्त रकम भुक्तान गरे स्थितिलाई साम्य पार्नु आवश्यक ठान्छन् भान्सेहरु | यस विषयमा ग्रामीण ब्यांकका एक अधिकारी सित जान्न चाहंदा उनले माथिबाट आज मात्र उक्त भान्सेहरुको रकम एम० टी० ए० बील मंग्पू ग्रामीण ब्यांक आइपुगेको अनि त्यस बीलमा माथिबाट पठाएको हिसाब पनि गडबडी रहेको बताए | तथापी चाडै नै उक्त विषयलाई ध्यान दिएर मध्यान्न भोजनको राशी वितरण गर्ने कुरो अधिकारीले बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.