बेरोजगार सृजने मशीन बन्दैछ दागोपाप

कालेबुंग | डी० के० वाइबा: दार्जीलिंग पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको आवाज सेलाउँदै चर्किंदै गरेको लामो इतिहास छ | यो लामो इतिहासमा हजारौं मानिसहरु सडकमा ओर्लिए | धर्ना,जुलुश,पथ अवरोध, अनिश्चितकालिन बन्द, भोक हड्ताल आदि अनेकौं कार्यक्रमहरुमा जनताले व्यापक सहभागिता जनाए तर छुट्टै राज्यको समस्या भने समाधान हुने कुनै छाँट देखा परेको छैन | अस्सीको दशकमा चर्केको हिंसात्मक आन्दोलन होस्  वा २००६ देखिको गान्धीवाद आन्दोलन, जनता छुट्टै राज्य गोर्खाल्याण्डको सपना सजाएर आन्दोलनमा ओर्लिए अनि शहीद समेत बने | जनताको व्यापक साथ र सहयोग हुँदा हुँदै पनि आन्दोलनले ठोस उपलब्दी हासिल नगर्नुमा कसको कमजोरी हो भन्ने प्रश्न टट्कारो बनेको छ | दार्जीलिंगमा अनेकौं नामी नामी राजनैतिक नेताहरु पुरा गर्न जन्मिए, आन्दोलनहरु गरे तर जनताको अन्तिम चाहना भने न त विगतका नेताहरु पुरा गर्न सके न नै बर्तमान नेताहरुले | सरकारी षड्यन्त्रको शिकारमा बारम्बार फस्ने गोर्खा नेताहरुले कहिले छुट्टै राज्य ल्याउलान्न भन्ने कुरा अनिश्चित छ | 

अहिले घरि दार्जीलिंग पहाड व्यवास्था विहिन बनेको छ | छुट्टै राज्यको मागमा आन्दोलन गर्ने दल गोजमुमोले जिटीएमा सम्झौता गरेको भएतापनि जीटीए पनि अझसम्म लागु भएको छैन | सुबास घिसिंगले दाबी गरेको बाघको बच्चा " डमरु " अर्थात दागोपाप यतिखेर नचल्ने दुवानी नै भएको छ | किन भने दागोपापले न त पहाडका जनतालाई सन्तुष्ट पार्ने विकाश गर्न सकिरहेको छ न नै बेरोजगारी समस्या समाधान गरेको छ | बरु यसको साटो उल्टो दागोपाप त बेरोजगारहरु सृजना गर्ने कारखना नै बनेको छ | गोरामुमो सुप्रिमो सुबास घिसिंगले ल्याएको व्यवस्था दागोपापमा ग्रुप सी अनि ग्रुप डी नियुक्त गर्ने प्रावधान त छ नै तर पनि आजसम्म यसले पहाडमा रहेको विभिन्न विभागहरु अ स्थायी कर्मचारीहरुको थुप्रो लगाउन बाहेक भने जस्तो केही गर्न सकेको छैन | यति मात्र नभएर दागोपापमा अहिले घरि राज्य सरकारले समेत नियुक्ति प्रक्रियामा कोल्टे नीति अपनाएको छ | केही महिना अघि मात्र राज्यमा ५६ हजार प्राथमिक शिक्षकहरुको नियुक्ति गरियो तर उक्त ५६ हजार शिक्षकहरुको नियुक्तिमा पनि दागोपाप क्षेत्रका मानिसहरु बंचित बने | यसको साथै हाल राज्यमा ४४ हजार शिक्षकहरुको नियुक्ति प्रक्रिया चलिरहेको छ | राज्यको शिक्षा विभागले स्कूल सर्विस कमिशन मार्फत नियुक्ति प्रक्रिया गर्ने उक्त रिक्त पदहरुमा पनि दागोपापका शिक्षित बेरोजगारहरु बन्चित बन्न परेको छ | यता राज्यका एडिसनल चिफ सेक्रेटेरीले १७ सितम्बर २००८ को दिन जारी गरेको आदेश पत्रमा दागोपापका अ स्थायी कर्मचारीहरुको समस्या समाधान गर्ने निर्देश दिएको छ तर उक्त आदेश पत्रको समेत दागोपापमा कुनै कार्य भएको छैन | यति मात्र होइन यस्ता अनेकौं थोकहरु छन् जुन कुराबाट राज्य कै अभिन्न अंग दार्जीलिंग पहाड अनि बिशेष गरेर दागोपाप क्षेत्र बन्चित बन्न परिरहेको छ | आखिर दागोपाप क्षेत्रका मानिसहरु दिनो दिन प्रत्येक कुराहरुमा यसरी नै बन्चित बन्न परे भविष्यमा अझ यहाँको समस्या जटिल त हुने नै छ यसैमा कतै छुट्टै राज्यको आन्दोलन समेत तुहिने त होइन भन्ने गहन विषय अल्झेको छ हरेकको मन भित्रै |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.