चीन सरकारले मानव अधिकारको हनन गरिरहेको आरोप लगाउँदै तिब्बती समुदायका मानिसहरुद्वारा तिन दिने रिले भोग शुरु

डी के वाइबा: कालेबुङ २२ फवरी ; आजदेखि तिब्बती समुदायका मानिसहरुको चाँड लोशार शुरु भएको छ भने उनीहरु लोशर पालन नगरेर चीन सरकारले गरिरहेको अत्याचारको बिरोधमा भोक हडतालमा बसेका छन् । तिब्बती समुदायका मानिसहरुलाई चीन सरकारले दिनोदिन अत्यचार गरिरहेको कारण आजदेखि प्रतिवाद गर्दै तिब्बती समुदायका मानिसहरु यहाँको डम्बर चौकमा तिन दिन ब्यपी रिले भोग हड्तालमा बसेका छन्। उक्त रिले भोक हड्ताल रिजनल टेबेटियन युथ कङ्ग्रेस (आरटीवाईसी) अनि रिजनल टेबेटियन वुमेन एसोसिएसन (आरटीडब्ल्युए)को संयुक्त आयोजनामा सुरु भएको छ भने उक्त १२ घण्टे तीन दिन ब्यापी रिले भोग हडतालको प्रथम दिन २४ जना मानिसहरुले भाग लिएका छन्। बिहान ८ बजेदेखि सुरु भएको उक्त रिले भोगहड्तालमा तिब्बती समुदायका मानिसहरुको ब्यापक उपस्थिति रहेको थियो। यस अवसरमा उनीहरुले धार्मीक बिधी अनुसार पुजा गरेर १०८ वटा बत्ति बाले पछि “फ्री” टिबेटको नाराबाजी गर्दै भोक हड्ताल सुरु गरे भने यस अवसरमा गोजमुमो नेताहरु क्रमैले बिजय सुन्दास, सामिएल गुरुङ, प्रविण रहपाल, नोर्देन लामा आदिको पनि बिशेष उपस्थिति रहेको थियो। कार्यक्रमालाई सम्बोधन गर्दै आरटीवाईसीका अध्यक्ष सोनाम याखाले तिब्बती समुदायका मानिसहरु माथि चीन सरकारले यथाशिघ्र अतिक्रमण बन्द गर्नु पर्ने माग गरे। चीन सरकारले मानव अधिकारको हनन् गरिरहेको आरोप लगाउँदै आज मानव अधिकारको वहालीको निम्ति अनि चीन सरकारको अत्याचारको बिरोध गर्दै मोठ २५ जना मानिसहरुले आत्मादाह गरिसकेको बताए। यसकुरालाई संयुक्त राष्ट्र संघले समेत यथाशिघ्र ध्यान दिनु पर्ने माग गर्दै आज संयुक्त राष्ट्र संघले मानव अधिकारको निम्ति बनाएको कानुन चीनमा किन लागु हुन सक्दैन भनि प्रश्न गरे।  संयुक्त राष्ट्र संघले मानव अधिकारको हनन हुन नदिन आज संविधान समेत बनाएको जानकारि गाराउँदै उक्त संबुधान चीन सरकारले अवमानना गर्दा समेत संयुक्त राष्ट्र संघ चुप बस्नु चिन्ताको बिषय रहेको तिनले बताए।  हाल तिब्बतमा चीन सरकारले हरेक कुरामा निरंकुश शाषण गरिरहेको आरोप लगाउँदै तिब्बतलाई यथाशिघ्र चीनको दासत्वबाट मुक्त गरेर मानव मूल्यको सम्मान गर्नुपर्ने तिनले माग गरे। तिब्बती समुदायका मानिसहरु संधै अहिंसात्मक तरिकाले आन्दोलन गर्ने बताउँदै अहिंसाको अन्तिम हतियार नै आत्मदाह रहेको तिनले बताउँदै यदि यस कुरालाइ कसैले गम्भिरता पूर्वक नलिए यस्ता आत्मदाहको संख्या अझ धेर बड्ने तिनले अवगत गराए। सम्पूर्ण मानिसहरुले संसारमा समान रुपले बाँच्न पाउँनुपर्ने माग गर्दै मानव अधिकारको हनन हुँदा समेत मानव अधिकारका कुरा गर्ने राष्ट्रहरुको मौनतामा तिनले प्रश्न गर्दै तिब्बतीहरुमाथिको अत्याचार रोक्न सबै राष्ट्रले चीन सरकारलाई दबाउ दिनु पर्ने पनि सोनाम याखाले आह्वान गरे। चीन सरकारले अहिले तिब्बतमा कुनै पनि कुरामा मानिसहरुलाई स्वतन्त्र रुपले बाँच्ने अधिकार नदिएको आरोप लगाउँदै पुजा पाठ, अध्ययन अध्यापनमा समेत हस्तक्षेप गरेर निरंकुश शाषण गरिरहेको आरोप लगाएका छन्।
      आजदेखि सुरु भएको उक्त १२ घण्टे रिले भोग हडतालको प्रथम दिन भाग लिनेहरु क्रमैले दावा च्याङ्जो, पेम्पा भुटिया, पेम्पा डोमा, छिरिङ वाङ्मो, लमु छिरिङ भोटिया, मिस चुङ्दा,सोनाम लमु, निमा लमु, लोबसाङ पेन्जो, लाह छिरिङ, थाक्सो छिरिङ, पेमा च्याङ्जो, सेराप छोपेल, खेडुप साङ्पो, टासी डोमा, साम याञ्जोम, छितेन छुकी, निमा भोटिया, थिन्ले पेल्डुम, छिरिङ कृपा, छिरिङ लाडुम अनि केल्साङ छुकि रहेका छन्।  पहिलो चरणको रिले भोक हड्ताल आज साँझ ८ बजेसम्म चल्नेछन् भने साँझ मैन बत्ति जुलुस पनि सम्पन्न भयो।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.