मंग्पूमा आंशिक तिब्बती परिवारहरुमा ल्होसार पालन

बौद्ध धर्मी बिशेष गरी तिब्बती शेर्पाहरुको बडा पर्व ल्होसार मंग्पू  क्षेत्रमा आंशिक रुपमा मनाए | उक्त ल्होसार बौद्ध धर्मीहरुको महान चाड हुँदा हुँदै पनि चीन देशमा तिब्बतीहरुमा चिनिया सरकारको अत्यचार र शोषणमा कालेबुंग, दार्जीलिंग शहरहरुमा महान पर्व ल्होसार तथा नयाँ साल संधै झैँ धुमधामले मनाउनको साटो चिनिया सरकारको अत्याचारको विरोधमा अनसन बसेको समचारहरुले गर्दा मंग्पू क्षेत्रमा पनि ल्होसार मनाउनेहरु एकदमै आशिक अनि रमझम पनि कम्ति नै पाइएको छ \ कही कतै सेतो टोटोलाको फूल र सेतो खदामा ल्होसार मनाएको देख्न पाइयो | यस महान पर्व ल्होसारको शुभ अवसरमा आ- आफ्नो भगवानको छेसमलाई मंग्पू क्षेत्रका तिब्बती शेर्पा तथा अन्यान्य ल्होसार पालन गर्ने परिवारहरुले सुन्दर ढंगमा सजाएको देख्न पाइयो भने विभिन्न खाद्य समानहरु खाप्स्यो, रुकरुक अनि विभिन्न फलादिहरु छेसममा चडाएको देखियो | यसै ल्होसार पर्वको अवसरमा मंग्पूको नाली डाँडा, बजार क्षेत्रका तिब्बती परिवारहरुका व्यापार पसलहरु बन्द रहेको थियो |    
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.