तक्दा खण्ड बिकास अन्तर्गत लाब्दा ग्राम पंचायतमा सयदिने रोजगारमा घोटाला भएको खुलासा

मंग्पू | केशर मोक्तान: भारत सरकारले गरिबी रेखा मुनिका बी० पी० एल० परिवारलाई वर्षमा एक सय दिन काम दिनपर्छ भन्ने उदेश्यमा सय दिने रोजगार योजना मार्फत देश भरि नै बी० पी० एल० का एक सदस्यलाई रोजगार दिने कार्य धेरै साल अघि देखि नै गर्दै आएको हो | तर रंगली रंग्लियट तक्दा खण्ड अन्तर्गत पर्ने मंग्पूको लाब्दा ग्राम पंचायतमा भने यस सय दिने रोजगारमा पनि धाधली भइरहेको खुलाशा भएको छ | भारत सरकारले सय दिने रोजगार बी० पी० एल० परिवारले पाउन पर्छ भन्दै राष्ट्रिय च्यानल तथा पत्र पत्रिकाहरुमा दैनिक विज्ञापन दिंदै आइरहेको भएतापनि ग्रामीण क्षेत्रमा भने यसको गलत उपयोग अथवा घोटाला भइरहेको जन गुनासो छ | यस विषयमा सरकारले ध्यान दिएर जाँच कमिटि गठन गर्न नितान्त आवश्यक देखिन्छ | हालै तक्दा खण्ड अन्तर्गत पर्ने मंग्पूको लाब्दा ग्राम पंचायत वार्ड न० पाँचका बासिन्दा प्रवेश राईले २७ फरवरी २०१२ को दिन आफ्नो नामको जब कार्ड बनाउन जांदा उनको नाम जबकार्डमा अगावै बनिसकेको र उनको नाममा त्यस कार्डबाट अज्ञात व्यक्तिले मंग्पू डाक घरबाट सय दिने रोजगारको पैसा लागिरहेको थाहा लागेपछि उनी टिन छक्क परेको संवाददातालाई सुनाए | यसरी प्रवेश राईले खोज तलाश गर्दै जांदा उनले गाउँ कै एक व्यक्तिबाट डाक घरबाट रोजगारको पैसा लिएको रशिद प्राप्त गरेको बताएका छन् जो जस्ताको तस्तै यो समचारसितै प्रकाशित गरिएको छ | प्रवेश राईको नाममा १० अक्टोबर २०११ को दिन मंग्पू  डाक घरबाट ड्राफ्टमा ३१२० रुपियाँ भुक्तान गरिएको उनले सम्वाददातालाई बताएका छन् | आफ्नो नामको जब कार्डबाट पैसा निकालेर कसैले निर्धक्क घरमा बसेर खाएको उनले आरोप थोपेका छन् | लाब्दा ग्राम पंचायत वार्ड न० पाँच आदर्श ग्राम ७४ धुरा निवासी प्रवेश राईले उनको जबकार्ड २००९ मा नै बनिसकेको उनलाई हालैमा थाहा लागेको र हाल सम्ममा पनि उनको हातमा आफ्नो जबकार्ड नपरेको बताउँदै उनको नाममा धेरै पल्ट रकम भुक्तान भएको थाहा लागेको छ | यस्तै हो भने तक्दा खण्डको अन्य ग्राम पंचायतमा पनि यस्तो घोटाला त भएको छैन ? के बी० पी० एल० परिवारका सदश्यले मात्र सय दिने रोजगार पाउँदैछन् त ? के जबकार्डको सही उपयोग हुँदैछ ? यस विषयमा सरकारले छुट्टै कमिटि राखेर झट्टै जाँच गर्न आवश्यक देखिएको छ | प्रवेश राई जस्ता अन्य हजारौ व्यक्तिको नाममा गलत जबकार्ड उपयोग भइरहेको हुन सक्छ अन्य ग्राम पंचायतहरुमा पनि | यस घट्नाले जनताको मनमा थुप्रै प्रश्नहरु उब्जन थालेको छ | यस विषयमा लाब्दा ग्राम पंचायतका कार्यकारिणी सचिवसित जान्न चाहदा उनले प्रकाश राईको पत्नी अनुराधा राई अनि छोरा प्रवेश राईको नाममा जबकार्ड रहेको बताए र प्रवेश राईको श्रीमती अन्जली राई सयदिने कार्यमा हिडेको र उनले नै उक्त रकम डाकघरबाट उठाएको पत्रकारलाई बताएका छन् | तर यस विषयमा प्रवेश राईले उनको श्रेमति र आफ्नो जबकार्ड नभएको करण छिमेकीको नाममा उनी सय दिने रोजगारमा गएको बताउँदै आफ्नो श्रेमति अनि आफुले जबकार्ड नपाएको अनि मंग्पू  डाकघरबाट पैसा नलगेको बताए | आफ्नो हस्ताक्षर बिना मंग्पू  डाक घरबाट कसरी पैसा वितरण गरियो यस विषयमा पनि सम्बन्धित विभागबाट ध्यानदिने प्रवेश राईले माग गरेको छ | यस विषयमा तक्दा खण्ड विकाश अधिकारीसित जान्न चाहदा उनले सम्बन्धित व्यक्तिले आफ्नो जबकार्ड नपाएको आवेदन स्थानीय लाब्दा ग्राम पंचायत कार्यलयमा बुझाए यस विषयमा जाँच गर्ने कुरो बताए | अन्तमा प्रवेश राईले ग्राम पंचायत अधिकारीले दिएको बयान सरासर झुटो रहेको बताउँदै हालमा आफ्नो हातमा पासबुक मात्र रहेको र कुनै जबकार्ड नभएको बताउँदै  यस कुरोको सरकारले सठीक छानबिन गरिदिनपर्छ भनी माग गरेका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.